मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मारवाडी युवा दिवसमा नेपालका २० सहरमा रक्तदान, ७०८ युनिट रक्त संकलन

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

भैरहवा । मारवाडी युवा दिवसको अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन केन्द्रीय समिति र यसअन्तर्गत रहेका मारवाडी युवा मंचहरुले मुलुकका २० सहरमा रक्तदान गरेका छन् । रगत अभावमा कसैले पनि अनाहकमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यकासाथ मुलुकका मुख्य सहरहरुमा एकैपटक शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको मारवाडी युवा संगठन केन्द्रीय समितिले जनाएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले आफूहरुले विगतदेखि नै मारवाडी युवा दिवसका अवसरमा रक्तदान गर्दै आएको बताए । ‘यसपटक अलि बृहत् रुपमा रक्तदान गरेका छौं’, उनले भने, ‘सबै ठाउँमा उल्लासमय तरिकाले रक्तदान भएको छ । यसले पक्कै पनि रगतको अभाव भएकाहरुको ज्यान जोखिममा पर्नबाट बच्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’

अध्यक्ष अग्रवालका अनुसार संगठनको सहकार्यमा मारवाडी युवा मंच भैरहवाले आयोजना गरेको रक्तदानमा ७० युनिट रक्त संकलन भएको छ । यस्तै, इनरवामा ६१, धनगढी ५८, काठमाडौंमा ५१, विराटनगर ४४, उर्लाबारीमा ४०, कलैयामा ४०, विर्तामोडमा ३९, धुलाबारीमा ३५, दुहबीमा ३५ र राजविराजमा गरिएको रक्तदानबाट पनि ३५ युनिट रक्त संकलन भएको छ ।

यस्तै, नेपालगंजमा ३५, लहानमा २९, दकममा २६, जनकपुरमा २४, हनुमान नगरमा २३, नारायणगढमा २२, हेटौँडामा २०, वीरगंजमा ११ र भद्रपुरमा १० युनिट रक्त संकलन भएको छ । यी सबै सहरमा गरी ७ सय ८ युनिट रक्त संकलन भएको संगठनले जनाएको छ ।

‘हाम्रो लक्ष्य अधिक मात्रामा रक्त संकलन गर्ने थियो, उद्देश्यअनुसार रक्त संकलन गरेका छौं’, अग्रवालले भने, ‘समाजमा रचनात्मक काम गर्दै आएको संगठनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछ ।’ उनका अनुसार संगठन केन्द्रीय समिति, युवा मंचहरुमा आबद्धले मात्रै नभई स्वःस्वफूर्त रुपमा उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, सम्बन्धित ठाउँका स्थानीयहरु रक्तदान गर्न आएका थिए ।

‘सबैको साथ र सहयोगले ठूलो मात्रामा रगत संकलन गरेका हौं’, उनले भने । उनले रक्तदान आयोजना गरिएका ठाउँमा सम्बन्धित जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीले समन्वय गरेर सहयोग गरेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार