मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च

Ujyalosandeshonline 12444+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

बाजुरा । बाजुराका स्थानीय तहले करार कर्मचारीकै तलब भत्तामा सात करोड बढि खर्च गरेका छन् । यहाँका नौं वटा स्थानीय तहले नियम विपरीत करार कर्मचारी राखेर सात करोड बढी रकम खर्च गरेका हुन् । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं बार्षिक प्रतिवेदन अनुसार दरबन्दी बाहेकका करार कर्मचारीहरु नियुक्त गरी सो रकम भुक्तानी भएको पाइएको हो ।

आर्थिक बर्ष २०८०।०८१ मा ऐन विपरीत दरबन्दी बाहेकका कर्मचारीहरुका लागि ७ करोड २४ लाख ३९ हजार ३ सय ४३ रुपैयाँ खर्च गरेका छन् । महालेखापरीक्षकले स्थानीय तहहरुले दरबन्दी भन्दा बढी करार कर्मचारी नियुक्त गरी तलव भत्ता भुक्तानी गरेर उक्त रकम अनियमितता गरेको जनाएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहले नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, चौकीदार, पलम्बर, माली, बगैँचे लगायतका पदमा मात्रै करार सेवा लिन सकिने व्यवस्था रहेको छ । 

यहाँका नौं वटा स्थानीय तहमा सबैभन्दा सबैभन्दा बढी बुढीनन्दा नगरपालिकाले करार कर्मचारीका लागि १ करोड ८० लाख ७० हजार ३ सय ३६ रुपैयाँ खर्च गरेको देखिएको छ । त्यस्तै, सबैभन्दा कम गौमुल गाउँपालिकाले १७ लाख ७३ हजार ८ सय २० रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी खप्तड छेडेदह गाउँपालिकाले करार कर्मचारीका लागि १ करोड १२ लाख ५३ हजार ३ सय ७७ रुपैयाँ खर्च गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले ९६ लाख ४५ हजार ७ सय ७ रुपैयाँ, बुढीगंगा नगरपालिकाले ९३ लाख ८९ हजार ८ सय २० रुपैयाँ, जगन्नाथ गाउँपालिकाले ८५ लाख ७६ हजार ५ सय १० रुपैयाँ करार कर्मचारीका लागि खर्च गरेका छन् ।

त्यस्तै, बडीमालिका नगरपालिकाले ६८ लाख १५ हजार ९ सय ४१ रुपैयाँ, हिमाली गाउँपालिकाले ३८ लाख ८५ हजार १ सय ३५ रुपैयाँ र त्रिवेणी नगरपालिकाले ३० लाख २८ हजार ६ सय ५५ रुपैयाँ खर्च गरेको पाइएको छ ।

स्थानीय तहले यसरी करार कर्मचारीको लागी रकम खर्च गर्दा अन्य पुर्वाधार विकास लगायतका काममा समेत प्रभाव पर्दै आएको छ । आफुखुसी नियम विपरीत आफ्ना आसेपासे, मन मिलेको मान्छेलाई कर्मचारीको रुपमा राख्दा रकम बढि खर्च हुने गरेको छ । हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ लागू भएपछि उक्त ऐन बमोजिम करार वा ज्यालादारीमा कर्मचारी नियुक्त गर्न नपाइने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार