मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

क्रान्ति र शान्तिको नेतृत्व गर्न पाएको भन्दै प्रधानमन्त्री प्रशन्न

Ujyalosandeshonline 12456+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिकारी नेतृत्वले नै शान्तिको आवश्यकता र महत्व सबैभन्दा बढी बुझ्ने बताएका छन् । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्दै उनले नेपालको राजनीतिक इतिहासमा क्रान्ति र शान्ति दुवैको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै क्रान्ति गर्नेले मात्रै शान्तिको महत्वलाई गहिरोगरी बुझ्ने बताए । 

दाहालले भने, ‘हामीले गौरव गर्नुपर्छ । नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्व गर्ने अवसर प्राप्त ग¥यौँ, त्यसैले मैले भन्ने गरेको छु, जसले क्रान्तिको नेतृत्व गर्दछ, शान्तिको आवश्यकता र महत्व पनि त्यसले नै सबैभन्दा बढी बुझ्न सक्छ ।’

प्रधानमन्त्रीले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन सुरु गर्ने स्थान पनि भएको चर्चा गरे ।

उनले भने, ‘विश्वशान्तिका अग्रदूत गौतमवुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित छ, क्रान्ति र शान्तिको समीश्रणको सबैभन्दा राम्रो दृष्टान्त लुम्बिनी नै हो ।’

यसको साथै, बुद्धभूमिको ‘ब्राण्डिङ’ गर्ने, पर्यटनमैत्री नीति र कानुनहरू निर्माण गर्ने, पर्यटन पूर्वाधार विकास गर्ने र पर्यटनमार्फत प्रदेशको विकास र समृद्धिमा गुणात्मक फड्को मार्नेतर्फ सोच्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार