कपिलवस्तुमा बस दुर्घटना, २९ घाइते, तीनको अवस्था गम्भीर

Ujyalosandeshonline 11542+ समाचार ( )
२९ असार २०८२, आइतबार

कपिलवस्तु । काठमाडौँबाट दाङका लागि छुटेको एक यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, लु.प्र ०२००१ ख ००४५ नम्बरको बस चन्द्रौटा-गोरुसिङ्गे सिमानामा पर्ने बेल नदी नजिकै दुर्घटनामा परेको हो ।

गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बुटवल पठाइएको छ भने अन्य घाइतेहरूको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार