मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

स्रष्टाहरु राष्ट्रका अमूल्य नीधि हुन, सम्मानलाई निरन्तरता दिन्छौं : मन्त्री तामाङ

Ujyalosandeshonline 11878+ समाचार ( )
२८ असार २०८१, बिहीबार

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हित बहादुर तामाङले समाजको सुधारमा महत्वपूर्ण योगदान पु¥याएका स्रष्टालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिने बताएका छन् । 

विहीबार काठमाडौंमा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले समाजलाई सहि मार्गदर्शन दिने स्रष्टाहरु राष्ट्रका अमूल्य नीधि भएको भन्दै उनीहरुलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताए । 

उनले भने, ‘कला तथा संगीतको माध्यमबाट नेपाली समाजको सुधार र नेपाली साहित्य भण्डारको वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउनु भएका स्रष्टालाई पुरस्कार वितरण गर्न पाउदा खुशी लागेको छ । स्रष्टाहरु राष्ट्रका अमूल्य नीति हुन् । उहाँहरुको सम्मान गर्नु आजको परिवर्तित सन्दर्भमा रहेको राज्यको दायित्व पनि हो । समाजलाई आफ्नो सिर्जनशिल लेखमार्फत सही मार्गदर्शन स्रष्टाहरुबाट हुने कुरा सबैलाई थाहा नै छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वर्षेनी स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ र आगामी वर्षहरुमा पनि पुरस्कार समर्पणका कार्यलाई निरन्तरता दिने नै छ ।’ 

यस्तै, विभिन्न विधामा पुरस्कार प्राप्त गरि सम्मानित भएका समाज सुधारकहरुलाई यस पुरस्कारले आफ्नो क्षेत्रमा थप काम गर्न हौसला र उत्साह प्रदान गर्ने विश्वास लिएको पनि उनको भनाई छ । 

यसवर्ष कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार, आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार, योगमाया राष्ट्रिय पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार र शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार वितरण गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार