मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

लुम्बिनी प्रदेश प्रहरी प्रमुख खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुगमन तथा निर्देशन

Ujyalosandeshonline 12612+ समाचार ( )
२० माघ २०८२, सोमबार

कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले कार्यालयको वस्तुस्थिति बुझ्दै मातहतका प्रहरी कर्मचारीहरूलाई शान्ति सुरक्षा र सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिनुभयो।

निर्देशनका क्रममा डीआईजी खत्रीले जिल्लाको शान्ति–सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन जोड दिनुभयो। उहाँले विशेषगरी निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउनुका साथै ट्राफिक व्यवस्थापन र लागुऔषध नियन्त्रणमा निर्ममतापूर्वक प्रस्तुत हुन निर्देशन दिनुभएको छ। यसका साथै उहाँले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूको संरक्षण एवं विपद् व्यवस्थापन जस्ता संवेदनशील विषयहरूमा उच्च सतर्कता अपनाई नागरिकमैत्री भएर जिम्मेवारी पूरा गर्न जिल्लास्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार