मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

‘भरत ताल’मा समुन्द्री एडभेन्चर ‘वाटर स्कुटर’ सञ्चालन

Ujyalosandeshonline 12455+ समाचार ( )
६ पौष २०८०, शुक्रबार

रौतहट । सर्लाहीको बागमती नगरपालिकामा रहेको ‘भरत ताल’ मा समुन्द्री ‘एडभेन्चर’को रुपमा प्रयोग हुने ‘वाटर स्कुटर’ सञ्चालनमा आएको छ ।तालको भ्रमणमा आउने पर्यटकका लागि आकर्षित गर्ने उदेश्यसहित उक्त मनोरञ्जनात्मक जलयान ‘वाटर स्कुटर’ प्रयोगमा ल्याईएको हो ।

जलयानको प्रयोगले पर्यटक आकर्षित हुनुका साथै स्थानीयस्तरमा समुद्री जलसयरको मज्जा लिन सकिने सञ्चालक कम्पनी बागमती इन्टरटेनमेन्ट प्रालिका सञ्चालक गौतम खड्काले बताए ।

जलयानमा चालकसहित तीन जनासम्म बसेर जलसयर गर्न सकिनेछ । ५५ लाखको लागतमा सञ्चालनमा ल्याइएको यस ‘वाटर स्कुटर’ सम्भवतः नेपालमा पहिलो भएको खड्काको दाबी छ ।

यसलाई अंग्रेजीमा ‘वाटरक्राफ्ट’, ‘वाटर स्कूटर’, ‘जेट स्की’ वा ‘सी-डू’ समेत भनिने संचालक कम्पनीले जनाएको छ ।

यस साहसीक जल सयरको ५ सय देखी १५ सय सम्म टिकट तय गरिएको कम्पनीले जानकारी दिएको छ ।  

बागमती नगरपालिका-१२ र ४ मा निर्माणाधिन बागमती माछा पोखरी अर्थात ‘भरत ताल’मा उक्त ‘वाटर स्कुटर’को विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार