मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

लागूऔषध नियन्त्रणदेखि विपत् व्यवस्थापनसम्म: पाल्पामा चार जिल्लाका सुरक्षा प्रमुखहरूको विशेष बैठक

Ujyalosandeshonline 12547+ समाचार ( )
८ जेठ २०८३, शुक्रबार

पाल्पा । पाल्पा, स्याङ्जा, रुपन्देही र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको शान्ति सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले पाल्पामा अन्तर-जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाको सभाहलमा आयोजित उक्त बैठकमा यी चारै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

विशेषगरी अन्तर-जिल्ला तहमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र आपसी समन्वयमा केन्द्रित सो बैठकमा चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता थियो। बैठकमा युवा पुस्तामा बढ्दै गएको लागूऔषध ओसारपसार तथा प्रयोगलाई रोकथाम गर्ने, सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधिहरूलाई पूर्ण रूपमा निरुत्साहित गर्ने र कानुनी दायराबाट भागिरहेका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न अन्तर-जिल्ला सूचना आदानप्रदान र सुरक्षा खोजी कार्यमा सहकार्य गर्ने गहन सहमति भएको छ।

यसका साथै सिद्धार्थ राजमार्ग लगायतका मुख्य सडक खण्डहरूमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षाका उपायहरू अवलम्बन गर्ने र हाल मनसुनको समय नजिकिँदै गरेको (प्रि-मनसुन) सन्दर्भमा सम्भावित प्राकृतिक विपत् व्यवस्थापनका लागि पूर्वतयारी गर्ने विषयमा समेत विशेष जोड दिइएको छ। विपत्को समयमा उद्धार तथा व्यवस्थापन कार्यमा कुनै पनि जिल्लालाई सहयोग आवश्यक परेमा आपसी समन्वय र सहकार्य मार्फत तत्काल सहयोग उपलब्ध गराइने निर्णय भएको छ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै पाल्पाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र पंजियार थारुले अन्तर-जिल्ला सुरक्षालाई मजबुत पार्नका लागि चारवटै जिल्लाका सुरक्षा निकायहरूबीच चौबीसै घण्टा सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रमा संयुक्त गस्ती र कडा निगरानी बढाउने तथा कुनै पनि आपराधिक घटना घटेमा तत्कालै आपसमा समन्वय गरेर अगाडि बढ्ने महत्वपूर्ण निर्णयहरू भएको बताउनुभयो। सहभागी सुरक्षा अधिकारीहरूले यस किसिमको साझा समन्वय बैठकले जिल्लाहरूबीचको पारस्परिक सम्बन्धलाई बलियो बनाउनुका साथै नागरिकमा सुरक्षाको बलियो अनूभूति गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार