मुख्य समाचार
गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा | एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार ! | बझाङमा एमालेका दमन भण्डारी निर्वाचित | डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति | लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी | साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ | कोटहीमाई गाउँपालिकाले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख | अग्नी पिडीतलाई पूर्व अध्यक्षद्वारा आर्थिक सहयोग | सिद्धार्थनगर–३ ले उचाल्यो मेयर कपको उपाधी |

एपीएफलाई पराजित गर्दै पुलिस फाइनलमा

Ujyalosandeshonline 2393+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

सिमरा । एपीएफविरुद्ध ३–२ को जित निकाल्दै नेपाल पुलिस क्लब जितपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति सिमरा रंगशालामा भएको खेलमा पुलिसले सुरुवाती अग्रता बनाएको थियो । खेलको पहिलो मिनटमै एपीएफविरुद्ध पुलिसका आशिष राइले गोल गरेका थिए । उज्वल राइको क्रसमा पेनाल्टी बक्स भित्रबाट आशिष राईको प्रहार गोलमा परिणत भएको थियो । 

खेलको २० औं मिनटमा एपीएफ २–० ले पछि प¥यो । रामचन्द्र वाजेको गोल मार्फत पुलिसले एपीएफ विरुद्ध अग्रता फराकिलो बनाएको थियो । उज्वल राईको क्रस बल सम्हाल्दै रामचन्द्र वाजेले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए । 

महत्वपूर्ण खेलमा २–० ले पछि परेपनि एपीएफका खेलाडी उच्च मनोबलका साथ मैदानमा देखिन्थे । निकै आकर्षक खेल प्रस्तुत गरेको एपीएफका लागि खेलको ४२ औं मिनटमा प्रदिप लामाले गोल गर्दै २–१ को स्थितिमा ल्याए । बुद्धिमान राईको पासलाई पेनाल्टी बक्समा सम्हाल्दै प्रदिपले गोल गरेका थिए । 

खेलको ६१ औं मिनटमा युवराज खड्काको गोल मार्फत एपीएफ खेलमा फर्कियो । प्रशिक्षक सुमन श्रेष्ठले युवराजलाई खेलको ३१ औं मिनटमा महेश लामाको स्थानमा मैदान प्रवेश गराएका थिए । युवराजले अनिश महर्जनको पासमा वन भर्सेस वनको स्थितीको सदुपयोग गर्दै एपीएफलाई खेलमा फर्काएका थिए । 

२–० ले पछि परेको अवस्थामा खेलमा फर्कन सफल भएको एपीएफविरुद्ध पुलिसका सुजन मगरले पुनः अग्रता दिलाउन सफल भए । खेलको ८८ औं मिनटमा सुजनले एपीएफका गोलरक्षक बिट गर्दै गोल गर्न सफल भए । 

पृथ्बी चौधरीको पासमा सुजनको पहिलो प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाउको प्रयास गरेका थिए तर रिबाउण्ड बल खोस्दै सुजनले सुन्दर गोल गरे । खेलको अन्तिम इन्जुरी समयमा एपीएफ १० खेलाडीमा सीमित भयो । अन्तिम समयमा ३–२ को अवस्थामा परेपछि दबाबमा देखिएको एपीएफका विश्वास उदासले पुलिसका खेलाडीसंग विवाद गर्न थालेपछि रेफ्री उमेश विंडारीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । 

दोश्रो पटक जितपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका लागि अर्को ‘ए’ डिभीजन क्लब मच्छिन्द्रसंग सोमबार प्रतिष्पर्धा गर्नेछ । पुलिस ९ बर्ष अघि प्रतियोगिताको छैठौं संस्करणको फाइनलमा अर्को विभागीय टोली आर्मीसंग पराजित भएको थियो । 

खेलको म्यान अफ दि म्याच पुलिसका रामचन्द्र वाजे घोषित भए । उनले शुभारम्भ कलेज सिमराले प्रायोजन गरेको १० हजार नगद र ट्रफी प्राप्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार