मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

एपीएफलाई पराजित गर्दै पुलिस फाइनलमा

Ujyalosandeshonline 12321+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

सिमरा । एपीएफविरुद्ध ३–२ को जित निकाल्दै नेपाल पुलिस क्लब जितपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति सिमरा रंगशालामा भएको खेलमा पुलिसले सुरुवाती अग्रता बनाएको थियो । खेलको पहिलो मिनटमै एपीएफविरुद्ध पुलिसका आशिष राइले गोल गरेका थिए । उज्वल राइको क्रसमा पेनाल्टी बक्स भित्रबाट आशिष राईको प्रहार गोलमा परिणत भएको थियो । 

खेलको २० औं मिनटमा एपीएफ २–० ले पछि प¥यो । रामचन्द्र वाजेको गोल मार्फत पुलिसले एपीएफ विरुद्ध अग्रता फराकिलो बनाएको थियो । उज्वल राईको क्रस बल सम्हाल्दै रामचन्द्र वाजेले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए । 

महत्वपूर्ण खेलमा २–० ले पछि परेपनि एपीएफका खेलाडी उच्च मनोबलका साथ मैदानमा देखिन्थे । निकै आकर्षक खेल प्रस्तुत गरेको एपीएफका लागि खेलको ४२ औं मिनटमा प्रदिप लामाले गोल गर्दै २–१ को स्थितिमा ल्याए । बुद्धिमान राईको पासलाई पेनाल्टी बक्समा सम्हाल्दै प्रदिपले गोल गरेका थिए । 

खेलको ६१ औं मिनटमा युवराज खड्काको गोल मार्फत एपीएफ खेलमा फर्कियो । प्रशिक्षक सुमन श्रेष्ठले युवराजलाई खेलको ३१ औं मिनटमा महेश लामाको स्थानमा मैदान प्रवेश गराएका थिए । युवराजले अनिश महर्जनको पासमा वन भर्सेस वनको स्थितीको सदुपयोग गर्दै एपीएफलाई खेलमा फर्काएका थिए । 

२–० ले पछि परेको अवस्थामा खेलमा फर्कन सफल भएको एपीएफविरुद्ध पुलिसका सुजन मगरले पुनः अग्रता दिलाउन सफल भए । खेलको ८८ औं मिनटमा सुजनले एपीएफका गोलरक्षक बिट गर्दै गोल गर्न सफल भए । 

पृथ्बी चौधरीको पासमा सुजनको पहिलो प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाउको प्रयास गरेका थिए तर रिबाउण्ड बल खोस्दै सुजनले सुन्दर गोल गरे । खेलको अन्तिम इन्जुरी समयमा एपीएफ १० खेलाडीमा सीमित भयो । अन्तिम समयमा ३–२ को अवस्थामा परेपछि दबाबमा देखिएको एपीएफका विश्वास उदासले पुलिसका खेलाडीसंग विवाद गर्न थालेपछि रेफ्री उमेश विंडारीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । 

दोश्रो पटक जितपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका लागि अर्को ‘ए’ डिभीजन क्लब मच्छिन्द्रसंग सोमबार प्रतिष्पर्धा गर्नेछ । पुलिस ९ बर्ष अघि प्रतियोगिताको छैठौं संस्करणको फाइनलमा अर्को विभागीय टोली आर्मीसंग पराजित भएको थियो । 

खेलको म्यान अफ दि म्याच पुलिसका रामचन्द्र वाजे घोषित भए । उनले शुभारम्भ कलेज सिमराले प्रायोजन गरेको १० हजार नगद र ट्रफी प्राप्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै