मुख्य समाचार
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण | पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै | श्रीमानको कुटाइः श्रीमतीको मृत्यु |

‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक

Ujyalosandeshonline 11766+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक भएको छ । आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो । नेपाल प्रहरीले निर्वाह गरिरहेको जिम्मेवारी, सङ्घर्ष, सेवा भावलाई सजिव रूपमा प्रस्तुत गर्दै प्रहरी कर्मचारीहरूले दिनानु दिन भोग्दै आएको सङ्घर्ष, जोखिमपूर्ण जिम्मेवारी र नागरिकको सुरक्षाको लागि गरिएको निश्वार्थ सेवाको यथार्थ चित्रणसहितको भाव उक्त गीतमा प्रस्तुत गरिएको छ ।

गीतकार महानिरीक्षक कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा जेनजी युवा पुस्ताले गरेको आन्दोलनको क्रममा उहाँले प्रत्यक्ष अवलोकन र अनुभूत गर्नुभएका विषयलाई यस गीतको माध्यमबाट उत्कृष्ट छायाङ्कनका साथ दर्शकहरूको मन छुने गरी मार्मिक तबरले प्रस्तुत गरिएको जनाइएको छ । जेनजी युवा पुस्ताको आन्दोलन पश्चात खरानीबाट उठेर नागरिक सेवा र सुरक्षामा होमिएका प्रहरीको मनोभाव, अनुशासन, देश प्रतिको जिम्मेवारी र आमनागरिक प्रतिको कर्तव्य बोधलाई यस गीतले भावानात्मक रूपमा उजागर गरेको महानिरीक्षक कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त गीतमा दिपक शर्माको सङ्गीत, उदयराज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ रहेको छ । गायक थानेश्वर गौतम, शान्ति श्री परियार, समिर खरेल, सदिच्छा कट्टेल र सहिमा श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा सुरक्षा पन्त, सूर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदीप पट्टेल, कृतिका बस्नेतलगायत कलाकारहरूले अभिनय गर्नुभएको छ ।

मानव सुवेदीको कथा एवं निर्देशन रहेको गीतको भिडियोमा सौरभ लामिछानेको छायाङ्कन तथा सरोज ओलीको भिडियो कन्सेप्ट रहेको छ । गीतको प्रदर्शनी कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायब महानिरीक्षहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार