मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

प्रधानमन्त्री कप क्रिकेट :
फाईनलका लागि तयार आर्मी र पुलिस

Ujyalosandeshonline 12320+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । दुवै टोलीका कप्तानहरुले आफुहरु फाईनलको लागि सम्पूर्ण रुपमा तयार रहेको बताएका छन्  

शुक्रबार भैरहवामा पत्रकार सम्मेलनका आयोजना गर्दै त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप अन्तर्गतको सम्पूर्ण खेलहरु पहिलो पटक उपत्यका बाहिर खेल्न पाउनु अभूतपूर्व रहेको टिप्पणी गरे । उपत्यका बाहिर पहिलो पटक खेलिने फाईनल खेलको लागि आफुहरु तयार रहेको र भोली सौहार्दपूर्ण वातावरणमा खेल सकिने उनले बताए । भण्डारीले नेपालमा क्रिकेटलाई अगाडी बढाउनका लागि नेपाल भरि नै क्रिकेटको आयोजना गर्न आवश्यक रहेको बताए । 

उपत्यका बाहिर पनि स्तरिय खेल मैदानहरु निर्माण भईसहेकोले अब काठमाण्डौंमै केन्द्रित हुन आवश्यक नभएको कप्तानद्वयको भनाई छ । सबै स्थानमा खेल मैदान भए यसले क्रिकेटको विकासमै टेवा पु¥याउने भएकोले यसको आवश्यकता रहेको र यो वर्षबाट त्यसको सुरुवात पनि भएको नेपाल पुलिस क्लबका कप्तान दिपेन्द्र सिंह ऐरीको भनाई छ । 

प्रधानमन्त्री कप क्रिकेटमा राष्ट्रिय टोलीका खेलाडीहरु भन्दा पनि प्रदेश स्तरिय खेलाडीहरुले राम्रो प्रर्दशन गरेका छन् । विभागीय खेलाडीहरुको प्रर्दशन भन्दा कसरी उदियमान खेलाडीको प्रर्दशन उच्च भयो भन्ने प्रश्नमा बोल्दै दुबै कप्तानले प्रधानमन्त्री कपको उद्देश्य नै यस्ता लुकेका प्रतिभाहरुलाई सबैको सामु ल्याउनु रहेको बताए । 

जारी प्रतियोगितामा ९ खेल खेलेको नेपाल पुलिस ८ मा जित सहित प्रतियोगिताको शिर्ष स्थानमा रहदै फाईनलमा पुगेको थियो भने ९ खेल नै खेलेको आर्मी पनि ८ मा जित निकाल्दै दोश्रो स्थान हुदै फाईनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४ विकेटले हराएको थियो । 

२०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधी जितेको छ । आर्मीले एकपटक मात्रै उपाधी हात पारेको छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधी हात पारेको थियो । आर्मी यसपटक त्यो बदला लिन चाहन्छ । तर, राम्रो लयमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने दाउमा छ । फाइनल पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ । 

पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशका भएका हुन् । भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल भएका थिए । कुल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधी प्रतिस्पर्धा हुंदैछ । फागुन २५ देखि सुरु यस सिजनको प्रधानमन्त्री कपको शनिबार समापन हुनेछ । उपाधी रक्षाका लागि दुबै टिमले आन्तरिक रणनीति बनाएका छन् ।

शनिबार विहान भैरहवा स्थित सिद्धार्थ रङ्गशालामा विहान ९ बजे देखि यी दुबै टोली बिच फाइनल खेल हुदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार