मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

प्रधानमन्त्री कप क्रिकेट :
फाईनलका लागि तयार आर्मी र पुलिस

Ujyalosandeshonline 12611+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । दुवै टोलीका कप्तानहरुले आफुहरु फाईनलको लागि सम्पूर्ण रुपमा तयार रहेको बताएका छन्  

शुक्रबार भैरहवामा पत्रकार सम्मेलनका आयोजना गर्दै त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप अन्तर्गतको सम्पूर्ण खेलहरु पहिलो पटक उपत्यका बाहिर खेल्न पाउनु अभूतपूर्व रहेको टिप्पणी गरे । उपत्यका बाहिर पहिलो पटक खेलिने फाईनल खेलको लागि आफुहरु तयार रहेको र भोली सौहार्दपूर्ण वातावरणमा खेल सकिने उनले बताए । भण्डारीले नेपालमा क्रिकेटलाई अगाडी बढाउनका लागि नेपाल भरि नै क्रिकेटको आयोजना गर्न आवश्यक रहेको बताए । 

उपत्यका बाहिर पनि स्तरिय खेल मैदानहरु निर्माण भईसहेकोले अब काठमाण्डौंमै केन्द्रित हुन आवश्यक नभएको कप्तानद्वयको भनाई छ । सबै स्थानमा खेल मैदान भए यसले क्रिकेटको विकासमै टेवा पु¥याउने भएकोले यसको आवश्यकता रहेको र यो वर्षबाट त्यसको सुरुवात पनि भएको नेपाल पुलिस क्लबका कप्तान दिपेन्द्र सिंह ऐरीको भनाई छ । 

प्रधानमन्त्री कप क्रिकेटमा राष्ट्रिय टोलीका खेलाडीहरु भन्दा पनि प्रदेश स्तरिय खेलाडीहरुले राम्रो प्रर्दशन गरेका छन् । विभागीय खेलाडीहरुको प्रर्दशन भन्दा कसरी उदियमान खेलाडीको प्रर्दशन उच्च भयो भन्ने प्रश्नमा बोल्दै दुबै कप्तानले प्रधानमन्त्री कपको उद्देश्य नै यस्ता लुकेका प्रतिभाहरुलाई सबैको सामु ल्याउनु रहेको बताए । 

जारी प्रतियोगितामा ९ खेल खेलेको नेपाल पुलिस ८ मा जित सहित प्रतियोगिताको शिर्ष स्थानमा रहदै फाईनलमा पुगेको थियो भने ९ खेल नै खेलेको आर्मी पनि ८ मा जित निकाल्दै दोश्रो स्थान हुदै फाईनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४ विकेटले हराएको थियो । 

२०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधी जितेको छ । आर्मीले एकपटक मात्रै उपाधी हात पारेको छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधी हात पारेको थियो । आर्मी यसपटक त्यो बदला लिन चाहन्छ । तर, राम्रो लयमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने दाउमा छ । फाइनल पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ । 

पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशका भएका हुन् । भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल भएका थिए । कुल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधी प्रतिस्पर्धा हुंदैछ । फागुन २५ देखि सुरु यस सिजनको प्रधानमन्त्री कपको शनिबार समापन हुनेछ । उपाधी रक्षाका लागि दुबै टिमले आन्तरिक रणनीति बनाएका छन् ।

शनिबार विहान भैरहवा स्थित सिद्धार्थ रङ्गशालामा विहान ९ बजे देखि यी दुबै टोली बिच फाइनल खेल हुदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार