‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

Ujyalosandeshonline 11543+ समाचार ( )
डा.रुद्रनाथ अधिकारी ज्योतिष एवम संस्कृतिविद
२१ भाद्र २०८१, शुक्रबार

अहिलेको समाजमान त शास्त्रको मर्यादा छ, न कुलको परम्परा छ, न लोकाचार छ । लोकाचार, कुलाचार, शास्त्राचार मान्ने चलन हराएको छ । तीजको संस्कृति र संस्कारमा आँचआएको छ ।

नेपाली हिन्दू महिलारुको महान् चाड हरितालिका तीजको पृथक महत्व छ । समय सँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरुमा सहजै दृष्टि गोचर हुन्छन् । तीजको महत्व नेपालमा मात्र होइन विश्वभर छरिएर रहेका हिन्दुहरुका लागि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छन् । विशेषगरी तीजमा ब्रत बस्ने परम्पराको आफ्नै महत्व छ । 

चाडपर्व वातीजमा तीन प्रकारका ब्रत बस्ने चलन छ । निराहर ब्रत तीन प्रकारको हुने शास्त्रमै उल्लेख छ । निराहार, जलाहार र फलहार ब्रतबस्ने गरिन्छ । क्षमताले भ्याएसम्म निराहार ब्रत बस्नुपर्छ । शरीरले सक्दैन भने जलाहार र फलहार ब्रत बस्न सकिन्छ । वृद्ध, बालक र गर्भवती महिलाहरु तथा साथमा बच्चा  भएका महिलाहरुले ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख गरिएको छैन ।

शारीरिक अवस्था कस्तो छ त्यो अनुसार महिलाहरुले ब्रत गर्न सकिन्छ । जस्तै  महिलाहरुले  हरितालिकाको ब्रत गर्ने भनेको पतिको सुख, शान्ति, समृद्धि, आरोग्य, दिर्घायूको कामना गरेर विवाहितमहिलाहरुलेवर्त बस्ने हो भने अविवाहितहरुले सूयोग्य वर प्राप्तीको कामना गरेर ब्रत बस्ने हो । 

विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायू र पराभौवको कामना गरेर ब्रत बस्छन् । पुरुषहरुले किनब्रतगर्दैन भनेर प्रश्नपनि उठ्ने गरेको छ । ब्रतका नाममा विकृतिहरु पनि समाजमा फैलिएका छन् । हरितालिका तीज नेपालमा र भारतमा अलिक फरक छ । भारतमा करुवा चौथीभनेर भन्छन्, यता तृतियालाई मान्छौं । भारतमा चौथीलाई मान्छन भने हामी तृतियालाई हरि तालिका तीज भन्छौं । भारत वानेपालको मनाइने पर्वको लक्ष्य एउटै हो । तर भारतीयले चन्द्रमाको चाँदलाई हेर्छन् भने नेपालीले तीजलाई हरितालिकाको रुपमा मान्छन् ।

तृतियाको दिन राती दर खाने, ब्रतबस्ने र पञ्चमीमा पूजा लगाएर यसलाई समापन गर्ने गरिन्छ । पञ्चमीलाई पूर्वी सिक्किम देखि भारतको कोलकत्ता सम्मको क्षेत्रमा पञ्चमी लाई मान्छन् । हिजो आज तीजमा मेला लगाउने चलन छ तर मेलाका नाममा बिकृति मौलाएको छ । महिलाहरु दरमा दारु पिएर रमाइलो गर्छन् ।तीजभनेर पर्व रशास्त्रको रुपलाई कुरुप बनाईंदैछ । यो चाहीं हामी समृद्ध भएर हो कि, या मान्छे  धनीभएर हो ?बुझ्न सकिएको छैन् ।

हिजोको  दिनमा त अभावथियो, चाहेर पनि सम्भव थिएन् । समाज एउटा नैतिकचरित्रमा र शास्त्रीय कुरामा बाँधिएको थियो,अहिले बन्धनहरुबाट समाज धेरै खुल्लाहुँदै गएको छ । अहिलेको समाजमान त शास्त्रको मर्यादा छ, न कुलको परम्परा छ, न लोकाचार छ । लोकाचार, कुलाचार,शास्त्राचार मान्ने चलन हराएको छ ।तीजको संस्कृति र संस्कारमा आँचआएको छ ।

यि तीनवटै चिजहरुबाट समाजविस्तारै स्खलितहुँदै गइरहेको अवस्थाछ । हुन त हिजोआज समाजमा पुरुषले किन ब्रत गर्दैनन् भन्ने प्रश्न उठछन् तर पुरुषले निरन्तर गर्ने कर्ममा उसले आफ्नो अर्धांगनीको लागि नृत्यकर्म गरिरहेको हुन्छ । 

वैज्ञानिक दृष्टिकोणले पनिहाम्रो शरीरलाई आरामदिनको लागि हप्तामा एकदिन भए पनि ब्रत बस्नुपर्छ भनेको छ । यसकाधेरै फाइदाहरु छन् ।वशेष रुपमा दिदी बहिनी, चेलीबेटी वर्ष दिनमाआफ्नो आफ्नो कर्म घरमा बसेर भेट हुननपाएका एक ठाउँमा जम्माभएर आफ्नो पीडाहरुलाई भगवानको नामसँग जोडेर गीतबनाएर आफ्नो पीडाहरुलाई र खुसीहरुलाई एकआपसमा बाड्ने र नाँच्ने रमाउने प्रचलनहो । 

यसका साथै अहिले तीजको गीतको कुरा गर्ने हो भने यति कुरुप भइरहेको छ कि परिवारहरु सँगै बसेर हेर्नका लागि पनिआँखा छोप्नपर्ने अवस्था छ । संस्कृती, शास्त्र, सामाजिक र पारिवारिक मर्यादा भन्दा तल गइसकेको अवस्था छ । क्षणिक कमाइका लागि धेरैले यसलाई प्रगति भन्लान तर म स्वीकार्न सक्दिन् । सबैभन्दा ठूलो कुरा मेरो अस्तित्व, संस्कार कमजोर भयो भने म पनि अपाङ्ग हुन्छु । मेरो समाज र पहिचान अपाङ्ग हुन्छ । मेरो राष्ट्रले बोकेको सांस्कृतिक धरातल कमजोर भयो भने राष्ट्र कमजोर हुन्छ । त्यसैले सचेत हुने बेला आएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार