मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सिद्धार्थनगर दोस्रो उप–मेयर कप करातेको उपाधी नवलपरासीलाई

Ujyalosandeshonline 12614+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयद्वारा आयोजित दोस्रो उप–मेयर कप कराते प्रदेशस्तरीय प्रतियोगिताको उपाधी नवलपरासीले उचालेको छ । पाँच स्वर्ण, एक रजत र तीन पदक प्राप्त गर्दै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को टीमले उपाधी उचालेको हो ।

त्यस्तै ४ स्वर्ण, ४ कास्य र ६ पदक प्राप्त गर्दै रुपन्देही टीम दोस्रो तथा ३ स्वर्ण, १ रजत र ३ कास्य पद प्राप्त गर्दै पाल्पा टीम तेस्रो भएको आयोजकले जनाएका छ ।

माघ १४ र १५ गते (दुईदिन) भैरहवामा संचालन भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, रुकुम, गुल्मी र प्युठान गरी ११ वटा जिल्लबाट टीमको सहभागीता रहेको कार्यक्रम संयोजक तथा कालिका कराते डो एकेडेमीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले बताए ।

सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालको अध्यक्षता, नगर उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालको विशिष्ट आतिथ्यता, नेपाल कराते महासंघका केन्द्रीय सदस्य अमिर राई, कमला राना, लुम्बिनी प्रदेश कराते महासंघ सल्लाहकार भरत बहादुर केसी, रेफ्री संयोजक (रुपन्देही) उमेश थापाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सोमबार समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख अधिकारीले खेलकुद क्षेत्रलाई सिद्धार्थनगर नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिदै जाने बताइन् । कालिका कराते डो एकेडेमीका सचिव सन्तोष सिंहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार