मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

सिद्धार्थनगर दोस्रो उप–मेयर कप करातेको उपाधी नवलपरासीलाई

Ujyalosandeshonline 12321+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयद्वारा आयोजित दोस्रो उप–मेयर कप कराते प्रदेशस्तरीय प्रतियोगिताको उपाधी नवलपरासीले उचालेको छ । पाँच स्वर्ण, एक रजत र तीन पदक प्राप्त गर्दै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को टीमले उपाधी उचालेको हो ।

त्यस्तै ४ स्वर्ण, ४ कास्य र ६ पदक प्राप्त गर्दै रुपन्देही टीम दोस्रो तथा ३ स्वर्ण, १ रजत र ३ कास्य पद प्राप्त गर्दै पाल्पा टीम तेस्रो भएको आयोजकले जनाएका छ ।

माघ १४ र १५ गते (दुईदिन) भैरहवामा संचालन भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, रुकुम, गुल्मी र प्युठान गरी ११ वटा जिल्लबाट टीमको सहभागीता रहेको कार्यक्रम संयोजक तथा कालिका कराते डो एकेडेमीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले बताए ।

सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालको अध्यक्षता, नगर उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालको विशिष्ट आतिथ्यता, नेपाल कराते महासंघका केन्द्रीय सदस्य अमिर राई, कमला राना, लुम्बिनी प्रदेश कराते महासंघ सल्लाहकार भरत बहादुर केसी, रेफ्री संयोजक (रुपन्देही) उमेश थापाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सोमबार समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख अधिकारीले खेलकुद क्षेत्रलाई सिद्धार्थनगर नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिदै जाने बताइन् । कालिका कराते डो एकेडेमीका सचिव सन्तोष सिंहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार