मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

चन्द्रपुरमा आयुर्वेद उपचार गर्ने बिरामीको संख्या बढन थाल्यो

Ujyalosandeshonline 12614+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

रौतहट । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय चन्द्रपुरमा पछिल्लो समयमा उपचारका लागि आउने बिरामीको संख्या बढन थालेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयमा अहिले ओपिडी, जेष्ठ नागरिक सेवा (जेष्ठ नागरिकहरुलाइ रसायन औषधी निशुल्क बितरण),स्तनपाइ(आमाहरुलाइ दुध बर्धक औषधी निशुल्क बितरण),बाथको बिरामीको लागी पंचकर्म सेवा, होमियोप्याथिक सेवा र ल्याब सेवा उपलब्ध गराएको छ ।

यस सेवा सुबिधा लिन सेवाग्राहीहरु चन्द्रपुर–६ स्थित चन्द्रनिगाहपुरमा रहेकोे उक्त चिकित्सालयमा पुग्ने गरेको पाइन्छ । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय चन्द्रनिगाहपुरका सुचना अधिकारी रुप नारायण महतोका अनुसार अहिले दैनिक ३० देखि ४० जनासम्म बिरामी उपचारका लागि आउने गरेको छ । यसअघि ५ देखि १० जना आउने गरेकोमा अहिले संख्या बढेको उनले जानकारी दिए । गत आर्थिक बर्ष २०८०÷८१ मा ३१ हजार २ सय ६६ जना बिरामीले यस चिकित्सालयबाट सेवा लिएकोमा हालको आर्थिक बर्षमा बढ्ने उनले बताए  ।

गत साउन देखी मंसिर सम्म ४ हजार ३ सय ५२ महिला र ४ हजार ७ सय ५४ पुरुष गरेर  ९ हजार १ सय ६ जनाले सेवा लिएको उनले उल्लेख गरेका छन । अहिले यस चिकित्सालयमा रौतहट  मात्रै नभएर छिमेकी मुलुक भारत देखी पनि बिरामीहरु उपचारको लागी आउने गर्दछन । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा. शिव शंकर रायका अनुसार भौतिक पुर्वाधारको अभाबले उपचार गर्न असहज भएको छ । भौतिक पुर्वाधार, औषधी लगायतमा स्थानिय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने उनले जोड  दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार