मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

बर्जु तालको संरक्षण र विकासका लागि अध्यक्ष प्रचण्डसँग माग

Ujyalosandeshonline 12342+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

सुनसरी । चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समिति सुनसरीले पूर्वी नेपालकै ठूलो मध्येको एक बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा तालको अवलोकन गर्ने क्रममा समितिले यस्तो आग्रह गरेको हो ।

कुनै बेला तीन सय बिघामा फैलिएको ताल २०२५ सालको सर्वे नापीपछि १५२ बिघा कायम भएको र तालको जग्गा हत्याउन सकिन्छ कि भनेर भूमाफियाहरु लाग्ने गरेकाले यसको संरक्षण र विकासका ध्यान दिन समितिले आग्रह गरेको छ ।

भारतको बिहारबाट दश किलोमिटर नजिक रहेको ताललाई पर्यटकीयस्थल बनाउन सके भारतबाट पनि पर्यटक आउन सक्ने र माछा पालनबाट वर्षेनी ६÷७ करोडको आयार्जन गर्न सकिने सम्भावना रहेकाले आवश्यक बजेटको व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले पर्यटन विकास, पर्यावरण संरक्षण र स्थानीय रोजगारी विकास गर्नको बर्जु ताल सिमसार विकास तथा संरक्षणका लागि पार्टीले पहल गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार