मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

‘संक्रमणकालीन न्यायका लागि सरकार गम्भीर हुनुपर्छ’

Ujyalosandeshonline 12612+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपाललाई हिंसाको दुष्चक्रमा होम्नेहरू आज सरकारको नेतृत्वमा रहेको भन्दै यस्तो अवस्थामा देश र निर्दोष पीडितले कसरी न्याय पाउन सक्छन् भन्दै प्रश्न गरेकी छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा सोमबार बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामहरु यथाशीघ्र सम्पन्न गर्ने तर्फ सरकारको ध्यान जानुपर्नेमा  पीडितले न्याय सजिलै पाउनेमा शंका गर्नुपर्ने परिस्थिति रहेको बताइन । 

उनले भनिन्, ‘शान्ति प्रक्रियाका बाँकी कामहरु यथाशीघ्र सम्पन्न गर्ने तर्फ सरकारको ध्यान जानुपर्छ पीडितलाई केन्द्रविन्दुमा राखेर । तर, बिडम्बनाको कुरा के छ भने हिजो देशलाई हिंसाको दुष्चक्रमा होम्ने सत्तापक्ष र विद्रोही पक्ष भएर नेतृत्व गर्नेहरू नै आज सरकारको नेतृत्वमा गरिरहेको अवस्थामा देश र निर्दोष पीडितले कसरी न्याय पाउन सक्छन् भन्ने गम्भीर प्रश्न हाम्रो अगाडि छ ।’

उनले छोराको हत्यामा संलग्नमाथि कारवाही माग गर्दै अनसन बसेकै अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको अझैसम्म दाहसंस्कार नहुनु मुलुकको संक्रमणकालीन न्यायको अवस्थामाथि कटाक्ष रहेको टिप्पणी गरिन । संवेदनशील विषयलाई कसैले पनि स्वार्थ साँध्ने माध्यम बनाउन नहुने उनको भनाइ छ । 

उनले भनिन्, ‘आफ्ना ‘छोराको हत्यामा संलग्नमाथि कारवाही माग गर्दै अनसन बसेकै अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको दाहसंस्कार आजसम्म नभएको विषयले देशको संक्रमणकालीन न्यायको अवस्था उजागर गरिरहेको छ । यस्तो संवेदनशील विषयलाई कसलै पनि आफ्नो स्वार्थ साँध्ने माध्यम बनाउन हुँदैन ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार