मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

सहकारी ऐनको उल्लंघनकै कारण हालको समस्या आएको हो : मन्त्री अधिकारी

Ujyalosandeshonline 12337+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐनभित्र बसेर काम गरेको भए वर्तमान अवस्था सिर्जना नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सहकारीको समसामयिक अड्चन र निकास विषयक प्रदेशस्तरीय गोष्ठी कार्यक्रममा उनले सहकारी ऐनको उल्लंघन भएको कारण समस्याहरु देखा परेको भन्दै सबैले नियममा बसेर काम गर्नुपर्ने बताए । 

उनले भने, ‘सहकारीका समस्या र यसको समाधानबारे मैंले अनुभुति गरेको छु । हामीले नीति, नियम, विधि, परिधि र कानून सबै बनाउछौं । तर त्यो बनाएर मात्र हुदैँन् । व्यवहारमा कति लागू गर्छौ र आफ्नो कर्तव्यलाई कति पूरा गरेका हुन्छौ, अनुशासनभित्र छौं कि छैनौ भन्ने मुख्य विषयको अध्ययन हुनुपर्छ । सहकारी ऐन २०७४ मा आयो त्यो ऐनभित्र रहेर काम गरेको भए यस्तो समस्या आउने थिएन् । कतै न कतैबाट उल्लंघन भयो र त्यसैको कारणले समस्याहरु देखा परेको हो । त्यसैले जिम्मेवारी के हो, सहकारीको उद्देश्य के हो त्यस अन्तरगत जाने कुरामा कति प्रतिबद्ध छौ, त्यो हेर्नुपर्छ ।’

यस्तै, उनले विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखेर आगामी योजना बनाउनुपर्ने भन्दै सहकारीप्रति जुन भ्रम फिजाइएको छ त्यसलाई हटाउन आवश्यक भएको बताए । 

उनले भने, ‘विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखेर आगामी योजना गर्नुपर्छ । अहिले सहकारीप्रति जुन भ्रम फिजाइएको छ, यसलाई हामीले सहकारी सहि हो भनेर प्रमाण गर्न अझै बढि लाग्नुपर्ने हुन्छ । सन्देशमूलक तरिकाबाट सबै जनताको बीचमा पु¥याउन जरुरी छ । त्यसकारण हामीले पहिला यतातिर ध्यान दिन जरुरी छ । यसबाट सहकारीमा देखिएका समस्या धेरै मात्रामा हल हुन्छ । हाम्रो प्रचारमा नै कमि भएको छ ।’

यसका साथै, सहकारी राम्रो तरिकाले चल्यो भने मात्र राष्ट्रमा स्थिरता, जनताको आर्थिक अवस्थामा सुधार र व्यवसायिक रुपमा विकास हुनसक्ने भन्दै यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार