मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

रानी नाकाबाट ४२ बालिकासहित १७४ जनाको उद्धार

Ujyalosandeshonline 11004+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

विराटनगर । भारतसँग सीमावर्ती रानी नाकाबाट १ सय ७४ जना बालबालिका र महिलाको उद्धार गरिएको छ । गत वर्षको मार्च महिनादेखि हालसम्म ४२ जना बालिकासहित १७४ जनाको उद्धार गरिएको माइती नेपाल मोरङ शाखाले जनाएको छ ।

आइतबार विराटनगरमा आयोजित कार्यक्रममा माइती नेपाल, मोरङका संयोजक विनोद पोखरेलले एक वर्षको अवधिमा १८ वर्षभन्दा मुनि उमेर समूहका ४२ र १८ वर्षभन्दा माथिका १३२ जनाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको जानकारी दिएका हुन् ।

उनीहरु रोजगारी र साथी भेट्न जान लागेको बहानामा रानी सीमा नाका पुगेका थिए । उद्धार गरिएकामध्ये मोरङका ५४ जना रहेको पोखरेलले बताए । तीमध्ये विराटनगर महानगरपालिका भित्रका ११ जना बालिकाको उद्धार गरिएको थियो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालयस्तरदेखि नै बालबालिका र महिला बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सामाजिक सञ्जालको बढ्दो प्रयोग, बेरोजगारी समस्या, देखासिकी जस्ता कारणले बालबालिका र महिला बेचबिखनमा पर्ने गरेको उनले उल्लेख गरे । मेयर कोइरालाले विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिए बेचबिखनलाई न्यूनीकरण गर्न सकिने बताए ।

‘हप्ताको एकदिन सबै विद्यालय र कलेजमा बेचबिखनविरुद्धको अभियान सञ्चालन गर्न सके जुन अहिले देखिँदै आएको समस्या न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने, ‘त्यसका लागि प्याब्सन, एन–प्याब्सन, हिसानलगायत जति पनि संघसंस्थाहरु छन् उनीहरुसित चाँडै नै छलफल गरेर अभियान सञ्चालन गर्नुपर्छ ।’

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण बालबालिका र महिलाको बेचबिखन बढ्दै गएको बताइन् ।

मानव बेचबिखनको जोखिममा बढी बालबालिका भएका कारण अभिभावकहरु पनि चनाखो हुनु जरुरी रहेको कार्कीको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बेचबिखनमा संलग्नलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए । 

त्यस अवसरमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, प्रहरी प्रमुख एसपी नवराज कार्की, राष्ट्रिय अनुसन्धान मोरङ प्रमुख तिलक प्रसाईं, एबीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तलगायतले बेरोजगारी समस्या र देखासिकीले बालबालिका र महिलाहरु गलत व्यक्तिहरुको प्रलोभनमा पर्ने गरेको बताए ।

माइती नेपालकी मनोपरामर्शदाता गीताञ्जली शर्माले सामाजिक सञ्जालको प्रयोगमार्फत दलालहरुले बालबालिका र महिलासम्म पहुँच विस्तार गर्ने गरेको सुनाइन् । दलालहरुले राम्रो जागिर दिने प्रलोभन देखाएर बालबालिका र महिलालाई भारत पुर्याउने गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार