मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


राजनीति पेसा होइन, सामाजिक सेवा र परिवर्तनको माध्यम हो : देवेन्द्र पाण्डे ‘सागर’

Ujyalosandeshonline 11005+ समाचार ( )
७ पौष २०८२, सोमबार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’ विगत २८ वर्षदेखि नेपाली राजनीतिमा निरन्तर सक्रिय हुनुहुन्छ । भारतको गुजरातमा अध्ययन गर्दागर्दै पारिवारिक परिस्थितिका कारण नेपाल फर्किएर राजनीतिमा होमिनुभएका पाण्डे वैचारिक स्पष्टता र सादा जीवनका लागि चिनिनुहुन्छ । प्रस्तुत छ, उहाँको राजनीतिक यात्रा, संघर्ष र वर्तमान राजनीतिक अवस्थाका बारेमा पत्रकार विवेक विश्वकर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश :

तपाईंको राजनीतिक यात्राको सुरुवात कसरी भयो? भारतको अहमदाबादबाट नेपालको कम्युनिस्ट राजनीतिसम्मको यात्रा कस्तो रह्यो ?

मेरो राजनीतिक यात्रा अलि भिन्न परिस्थितिमा सुरु भयो । म भारतको गुजरात, अहमदाबादमा अध्ययन गरिरहेको थिएँ । त्यहाँ रहँदा म ‘आरएसएस’ जस्तो संगठनको प्रभावमा थिएँ । तर, वि.सं. २०५३ सालमा मेरा बुवा बिसम्भर नाथ पाण्डेको शंकास्पद मृत्यु भएपछि म नेपाल फर्कन बाध्य भएँ । बुवा जन्मजात कम्युनिस्ट र माओवादीका संस्थापकहरूमध्ये एक हुनुहुन्थ्यो । उहाँको मृत्युपछि उहाँका डायरीहरू पढ्दै जाँदा र नेपालको तत्कालीन परिवेश देख्दा म मा राजनीतिक चेतना जागृत भयो । नेपाल फर्केपछि म मा नेकपा एमाले र माओवादी दुवैको प्रभाव थियो, तर अन्ततः म माओवादी विचारधाराप्रति आकर्षित भएँ ।

तपाईंलाई कम्युनिस्ट विचारधारा र विशेष गरी माओवादी राजनीतिमा लाग्न केले प्रेरित ग¥यो ?

मलाई राजनीतिमा डो¥याउन तत्कालीन नेताहरू विनोद उपाध्याय र घनश्याम यादवको ठुलो हात छ । विनोद उपाध्यायले मलाई विभिन्न कम्युनिस्ट दस्ताबेज र पम्प्लेटहरू पढ्न दिनुहुन्थ्यो । विशेष गरी डा. बाबुराम भट्टराईद्वारा लिखित पुस्तक “अर्थशास्त्रको आँखीझ्याल” ले मेरो सोचमा ठुलो परिवर्तन ल्यायो । त्यो पुस्तक दुई–तीन पटक पढेपछि मैले नेपालको ग्रामीण र सहरी अर्थतन्त्रको वास्तविकता र असमानता बुझ्ने मौका पाएँ । जातीय, लिंगीय र क्षेत्रीय विभेद अन्त्य गरी सबै मानवलाई समान बनाउने कम्युनिस्ट दर्शन नै मेरो प्रेरणाको स्रोत बन्यो ।

तपाईंको साङ्गठनिक यात्रा र संघर्षका दिनहरूका बारेमा केही बताइदिनुस् न ?

मैले सुरुवातमा ’एभरेष्ट युवा क्लब, मझौली’ मार्फत सामाजिक काम सुरु गरेको थिएँ । वि.सं. २०५४ सालमा अखिल क्रान्तिकारीको १४ औँ राष्ट्रिय सम्मेलनमा म रुपन्देहीबाट एकमात्र प्रतिनिधिको रूपमा काठमाडौँ सहभागी भएँ । कीर्तिपुरमा जुलुस निकाल्दा मलाई प्रहरीले पक्राउ गरी हनुमान ढोकामा २४ घण्टा हिरासतमा राख्यो । त्यो मेरो पहिलो जेल अनुभव थियो । पछि वि.सं. २०५८ सालमा म १८ महिनासम्म बुटवल र गोर्खाका विभिन्न सैनिक हिरासतमा रहें । त्यो समय निकै कष्टपूर्ण तर वैचारिक रूपमा थप परिपक्व बनाउने समय थियो ।

तपाईं बीचमा केही समय बाबुराम भट्टराई नेतृत्वको ’नयाँ शक्ति’ मा पनि लाग्नुभयो र फेरि माओवादीमै फर्किनुभयो । यसको कारण के हो ?

डा. बाबुराम भट्टराईको वैचारिक क्षमता र उहाँले गर्ने नयाँ प्रयोगहरू मलाई अहिले पनि मन पर्छ । वि.सं. २०७४ मा म नयाँ शक्तिबाट चुनाव पनि लडें । तर, केही समयको अनुभवपछि मलाई के महसुस भयो भने नेपालको सन्दर्भमा ’असल राजनीति’ र परिवर्तनका लागि माओवादी केन्द्र नै सबैभन्दा उपयुक्त प्लेटफर्म हो । बाबुरामजीका केही सीमाहरू र सांगठनिक तालमेल नमिल्दा म पुनः आफ्नो पुरानो घर माओवादीमा फर्किएँ । अहिले सुशासनका लागि माओवादीले जुन पहल गरिरहेको छ, त्यसले मलाई थप उत्साहित बनाएको छ ।

पछिल्लो समय राजनीति निकै महँगो र खर्चिलो बन्दै गएको छ भनिन्छ । यस्तो अवस्थामा एउटा निष्ठावान् कार्यकर्ता कसरी टिक्न सक्छ ?

यो साँचो हो कि राजनीति अहिले ‘दलाल पुँजीपति’ हरूको कब्जामा जान थालेको छ । समाजले पनि चिया खुवाउने वा गाडीमा हिँड्नेलाई मात्र नेता मान्ने गलत प्रवृत्ति विकास भएको छ । तर, पछिल्लो समय आएको नयाँ राजनीतिक लहर जस्तै जेनजी आन्दोलनले राजनीतिलाई केही हदसम्म सस्तो र युवामुखी बनाउने आशा जगाएको छ । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने, म ‘सादा जीवन र उच्च विचार’ मा विश्वास गर्छु । मेरो घरको कृषि पेसाबाट हुने वार्षिक २–३ लाखको आम्दानीले म सन्तुष्ट छु । राजनीति मेरो लागि रोजगारी होइन, यो एक स्वयंसेवी सेवा हो ।

अन्त्यमा, राजनीतिमा आउन चाहने युवा पुस्तालाई तपाईंको सन्देश के छ ?

राजनीतिलाई पेसा नबनाउनुस्, यसलाई समाज सेवा र परिवर्तनको माध्यम बनाउनुस् । आफू आर्थिक रूपमा स्वावलम्बी भएर मात्र राजनीतिमा लाग्नुपर्छ ताकि कसैको प्रलोभनमा पर्नु नपरोस् । राजनीति सबै नीतिहरूको मूल नीति भएकाले यसलाई सफा नगरेसम्म देशको कुनै पनि क्षेत्र सुध्रिँदैन । त्यसैले, पढेलेखेका युवाहरू पवित्र उद्देश्यका साथ राजनीतिमा आउन जरुरी छ ।

प्रतिक्रिया

Samikshya pandey ८ पौष २०८२, मङ्गलबार

Devendra Pandey jasto honest rw hardworking leader is hard to find at this time

Samikshya pandey ८ पौष २०८२, मङ्गलबार

Devendra Pandey jasto honest rw hardworking leader is hard to find at this time

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार