मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ

Ujyalosandeshonline 12448+ समाचार ( )
४ पौष २०८०, बुधवार

विराटनगर । हुण्डी कारोबारमा प्रयोग गरिएको १६ लाख रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले विराटनगरमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१५, रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार रुपैयाँसहित सशस्त्र प्रहरीको टोलीले मंगलबार पक्राउ गरेको हो ।

को १९ प ४४३४ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जाँच र सोधपुछका क्रममा उनको साथमा रहेको रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ । स्रोत नखुलेकाले उनले बोकेको रकम अवैध हुण्डी कारोबारमा प्रयोग भएको प्रहरीको अनुमान छ ।

विराटनगरमा यसअघि पनि पटक पटक हुण्डीमा प्रयोग गरिएको ठूलो परिमाण रकम बरामद भइसकेको छ । प्रहरीका अनुसार साहलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार