मुख्य समाचार
पुवाखोलामा बेलिब्रिज निर्माण | सशस्त्र प्रहरीद्वारा बाइपास क्षेत्रबाट भन्सार छलीका किराना सामान र औषधि बरामद | ‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री | धकधईमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दीप प्रज्वलन गरी संविधान दिवस मनाइयो | देवदह र ओमसतियामा विश्व हिन्दू परिषद्को समिति गठन | ४० लाखभन्दा बढी मूल्यको भन्सार छलीको अवैध मदिरा र कारसहित दुई जना पक्राउ | गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित | रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो | मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो |

पुवाखोलामा बेलिब्रिज निर्माण

Ujyalosandeshonline 12358+ समाचार ( )
४ अशोज २०८३, आइतबार

इलाम । इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा) अन्तर्गत पुवाखोलामा बेलीब्रिज जडान कार्य सम्पन्न भएको छ । इलाम नगरपालिका–९ भाङटार र वडा नं ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान सम्पन्न भई आजदेखि यातायात सेवा सञ्चालन गरिएको सडक डिभिजन इलामका सूचना अधिकारी एवं इन्जिनयर अर्जुनकुमार घिमिरेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजारको लागतमा जडान गरिएको बेलिब्रिजको आज सडक डिभिजन इलामकी लेखा अधिकृत अनिषा बोखीले उद्घाटन गर्नुभयो । 

बेलिब्रिज २३० फिट लम्बाइ र १४ फिट चौडाइको रहेको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो । बेलिब्रिज जडानका लागि अन्य संरचना आर्थिक वर्ष २०८२÷८३ मा नै तयार भइसकेको भए पनि भारतबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिजको सामग्री ढुवानी ढिला भएकाले जडान गर्न ढिलो भएको हो । प्राविधिक टोली भारतबाट नै आएर बेलीब्रिज जडानको काम गरेको थियो ।

बेलिब्रिज जडानपछि यहाँका बासिन्दा खुसी भएका छन् । बेलिब्रिज जडान भएपछि सो सडक मेची राजमार्गको वैकल्पिक सडक बनेको इलाम नगरपालिका–११ का तिलक श्रेष्ठले बताउनुभयो । सो स्थानमा आव २०८१÷८२ मा सङ्घीय सरकारको रु एक करोड ४३ लाख ७६ हजार लागतमा जडान गरिएको बेलिब्रिज गत असोज १८ गतेको  बाढीले बगाएको थियो । बेलिब्रिज बगाएपछि घाम लागेको समयमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सेवा सञ्चालन गरिदैँ आएको थियो । 

इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडक अन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण भएपछि मेची राजमार्गको विकल्प खुलेको छ । मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि बिर्तामोडसम्म ५० किलोमिटर दुरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार