मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

रौतहटमा प्रहरी र नगरपालिकाको गाडीमा आगजनी, पूर्व–पश्चिम राजमार्ग प्रभावित

Ujyalosandeshonline 10783+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकासहित प्रहरीको गाडीमा आगजनी भएको छ  ।

सो क्रममा प्रहरीले दर्जनौं राउन्ड फायर गरेको छ  । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्राङ्गणमा प्रवेश गरेका आन्दोलनकारीले ढुङ्गामुढा गर्नुका साथै भित्र पार्किङमा राखिएको प्रहरीको सवारी साधनमा समेत आगो लगाएका हुन् ।

प्रहरीले आन्दोलनलाई तितरपितर पार्नका लागि निरन्तर हवाई फायर गरिरहेको अवस्था छ । ट्राफिक प्रहरी कार्यालय परिसरमा समेत आगजनी भएको छ  । चन्द्रपुर नगरपालिकाको कार्यालय सहितका सवारीमा आगजनी भएको छ ।

नगरपलिका परिसरमा रहेका सवारी साधन तोडफोड गरि आगजनी गरेको हो । यहाँ विभिन्न स्थानमा मंगलवार बिहानदेखि नै जेनजी युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन ।

जेनजी युवा पुस्ताले भ्रष्टाचारसहितका बेथितीका विरुद्ध गरिरहेको प्रदर्शनमा सोमबार भएको सरकारी दमनका विरुद्ध प्रदर्शन गरिएको हो ।

चन्द्रपुर, गौर, गरुडासहितका क्षेत्रमा भेला भएका उनीहरूले सरकार र प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

जेनजी आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्गको यातायात पुणरुपमा प्रभावित भएको छ । लाई मध्यनजर गर्दै रौतहट प्रहरीले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

कफ्र्यु जारी

जेनजी प्रदर्शन उग्र बन्दै गएपछि रौतहट प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ  । स्थानीय प्रशासनले अहिले ११ः३० बजे देखि अर्को सूचना जारी नहुँदासम्मका लागि कफ्र्यु आदेश जारी गरेको  हो ।

उत्तरमा चपुर चोक देखि गैंडाटार जाने सडक को पानीटंकीसम्म, पुर्वमा चादी पुलसम्म, पश्चिममा ट्राफिक कार्यालय र दक्षिणमा घोडदेवी मन्दिरसम्म कफ्र्यु जारी  भएको रौतहट प्रशासनले जारी गरेको कफ्र्यु आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार