मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

हुलाकी मार्ग केन्द्रित नागरिकहरु राज्यको विभेदमा परेका छन् : प्रचण्ड

Ujyalosandeshonline 11844+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

भैरहवा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड” ले हुलाकी मार्गका नागरिकहरु राज्यको विभेदमा पर्दै आएको बताएका छन् । रुपन्देहीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा राज्यद्वारा विभेद र अपमान गरेको बताए ।

ओमसतिया गाउँपालिका वडा नम्बर ६ मा रहेको रामजानकी जमुहानी कुटीको पोखरी सुन्दरीकरण कार्यक्रमको शिलान्यास गर्दै उनले यसै विभेदका विरुद्ध नया जागरण ल्याउन माओवादी केन्द्र हुलाकी मार्ग केन्द्रित अभियानमा रहेको बताए । अहिलेलाई हुलाकी केन्द्रित अभियान केही समयको लागि स्थगित गरिए पनि त्यो चाडै नै सुरु हुने उनले बताए । 

अभियानको क्रममा पुगेका जिल्लाहरुको मठ मन्दिर, पाटी पौवा लगायत अन्य पर्यटकिय केन्द्रहरुको प्रवद्र्धन गर्ने पनि अभियानको हिस्सा रहेको बताउदै उनले यसले पनि सम्बन्धित पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने गरेको बताए । 

नेपाल सरकार पूर्वाधार विकास आयोजना अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट ८८ लाख रुपैयामा जमुहानीमा रहेको रामजानकी मन्दिर तथा कुटिको पोखरी सुन्दरीकरण तथा पार्क निर्माण हुदैछ । यसले यस क्षेत्रको पर्यटकिय विकास गरि आय आर्जनको पनि बाटो खोल्ने उनले बताए । “हाम्रो पार्टीको सिंगै पार्टीको नेतृत्व टोली, यस प्रदेशको पूर्व मूख्यमन्त्री सहित हामी सबै आएपछि यसले पक्कै पनि अलि बढी प्रचार पनि पाउछ र यो स्थापित पनि हुन्छ ।” उनले भने  “ अन्ततः यहा आउने पर्यटकको संख्या बढ्दै जान्छ, जसले जनताको जिवनमा पनि सकारात्मक प्रभाव पार्छ भन्ने हामीलाई विश्वास छ ।”

ओमसतिया गाउँपालिका वडा नम्बर ६ मा रहेको रामजानकी कुटी बौद्ध कालीन कुटि रहेको बताउदै यहा गरेको भाकल पुरा हुने जनविश्वास रहेको त्यहाका वडा अध्यक्ष शिव कुमार धवलले बताए । उनले तालको गुरुयोजना निर्माण गरि त्यसै अनुरुप काम गरिरहेको जनाउदै यसको सुन्दरीकरण लगायत पार्क निर्माणको काम सुरु भएको जानकारी दिए । 

शिलान्यास कार्यक्रममा प्रचण्ड संगै पूर्व अर्थमन्त्री बर्षमान पुन, पूर्व कृषि मन्त्री चक्रपाणी खनाल लगायत नेकपा माओवादीका केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार