मुख्य समाचार
प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा | प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता | नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै | सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह |

सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य

Ujyalosandeshonline 12093+ समाचार ( )
३० वैशाख २०८३, बुधवार

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन विद्युतीय हाजिरी प्रणाली अनिवार्य गरेको छ । नगरपालिकामा सञ्चालित १८ आधारभूत र १३ माध्यमिक गरी ३१ वटा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरी सञ्चालनमा ल्याइएको छ । शिक्षक तथा कर्मचारीको नियमित उपस्थिति सुनिश्चित गर्दै शैक्षिक प्रशासनलाई प्रभावकारी बनाउने उद्देश्यले विद्युतीय हाजिरी प्रणाली लागू गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार विद्यालयमा कार्यरत कर्मचारीको दैनिक उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याइएको छ । “हाजिरी विवरण प्रत्येक १५ दिनमा प्रिन्ट गरी प्रमाणित गरेर सुरक्षित राख्नुपर्ने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “विद्युतीय हाजिरी प्रणालीमार्फत कर्मचारीको दैनिक उपस्थिति (आएको तथा गएको) विवरण अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।”

विद्युतीय हाजिरी विवरणकै आधारमा शिक्षक तथा कर्मचारीलाई तलब उपलब्ध गराइने व्यवस्था गरिएको छ । सबै सामुदायिक विद्यालयलाई प्रमाणित हाजिरी विवरणको प्रतिलिपि नगरपालिकामा उपलब्ध गराउन निर्देशन दिइएको छ । नगरप्रमुख हेमराज ओझाले विद्युतीय हाजिरी प्रणालीले विद्यालयमा शिक्षक तथा कर्मचारीको नियमितता, अनुशासन र जवाफदेहितामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । “यसले विद्यालय प्रशासनलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो, “शिक्षाको गुणस्तर सुधारका लागि प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेका छौँ ।” उहाँका अनुसार केही विद्यालयमा बिग्रिएका हाजिरी मेसिनको मर्मत तथा आवश्यक स्थानमा थप मेसिन जडान गर्ने कार्यसमेत भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार