मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

स्थानीय तहको पाठ्यक्रम कसरी तयार हुन्छ ?

Ujyalosandeshonline 12614+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

रस्मिता गिरी 

काठमाडौं । मुलुक संघीय संरचनामा गइसकेपछि शैक्षिक विकेन्द्रीकरणको अवधारणा अनुसार स्थानीय तहले तयार गरिरहेका शैक्षिक पाठ्यक्रमहरु प्रभावकारी बन्दै गएको पाठ्यक्रम विकास केन्द्रले दाबी गरेको छ ।

आधारभूत र विद्यालय शिक्षाका लागि तयार गरिने पाठ्क्रम निर्माणका क्रममा  विकास केन्द्रको सहजीकरणले गर्दा स्थानीय सरकारलाई सहज भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिए ।

कुराकानीमा पौडेलले भने,‘मुख्य विषय बाहेक स्थानीय आवश्यक्ताका विषयहरु स्थानीय तहले नै तयार गर्छन् । किनकी स्थानीय आकांक्षा र आवश्यक्ताहरु केन्द्रले समेट्न सक्दैन् । हामी प्राविधिक सहायता गरिरहेका छौं । तर जति काम भइरहेका छन् ति प्रभावकारी छन् ।’

उनले पाठ्यक्रम निर्माणमा व्यवहारिकता, सशोधन गर्नुपर्ने विषयहरु शिक्षण सिकाइका माध्यमहरु, हाँसिल गरेका सिकाइ उपलब्धिहरु एवम टुसहरुका आधारमा पाठ्यक्रम बनाउने गरेको पनि बताए । 

शिक्षण सिकाइको मुल्यांकन गर्दा सुनियोजित व्यवस्थापन गर्ने, सैद्धान्तिक कुरालाई व्यवहारमा परिर्वतन भयो कि भएन भन्नेकुराको  मुल्यांकन पाठ्यक्रमले नै गर्नेगरि सुझाव दिने गरेको समेत जानकारी दिए । उनले कहिले विज्ञहरुको सुझाव लिएर पाठ्यक्रम विकास गर्ने गरेका त कहिले स्थानीय तह, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा सिकाइ सामग्री तयार गर्ने गरेको बताए ।  

स्थानीय स्तरको शिक्षण विकासका लागि स्थानीय पालिकाहरुले अलग्गै शाखा वा महाशाखा स्थापना गरेर काम गरिरहेकाले पाठ्यक्रम विकास केन्द्रसँग काम गर्न सहज भएको औंल्याए । शिक्षासँग सम्बन्धित कर्मचारी वा शिक्षा सेवा अन्तर्गतका कर्मचारीहरु पालिकामा रहने व्यवस्था भएकाले काम गर्न सहज भएको उनको बुझाइ छ ।  

पाठ्यक्रम विकास केन्द्रले एउटा टिओआर अनुसार काम गर्नुपर्ने भएकाले हाल विद्यालय शिक्षाको लागि कक्षा  १ देखि १२ सम्म पढाइ हुनेविषयहरुका पाठ्यक्रमको निर्माण गर्ने गरेको जानकारी दिंदै र त्यो पाठ्क्रमले अपेक्षा गरेके सिकाइ उपलब्धि, सक्षमतालाई विद्यार्थीको व्यवहार लागू भए नभएको मूल्यांकन गरिने उनले जानकारी दिए । स्थानीय तहले तयार गर्ने पाठ्यक्रम सैद्धान्तिक रुपमा कत्तिको व्यवहारिक छ त्यसका आधारमा बाँकी काम गरिने गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार