मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

भैरहवामा सातौं लुम्बिनी महोत्सव सम्पन्न: १२ करोडको कारोबार, १ लाख २० हजार दर्शक

Ujyalosandeshonline 12457+ समाचार ( )
२१ मंगशिर २०८२, आइतबार

भैरहवा । रुपन्देहीको भैरहवामा आयोजित सातौं लुम्बिनी महोत्सव–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा मंसिर ३ देखि २१ गतेसम्म सञ्चालित महोत्सवमा करिब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने झण्डै १ लाख २० हजार दर्शकले अवलोकन गरेका छन् । स्थानीय उत्पादन र बजार प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा ३ सय वटा स्टल राखिएका थिए । यसपटक नेपालमै पहिलो पटक भियतनामबाट ल्याइएको 'फिस टनेल' र 'जलपरी' महोत्सवको मुख्य आकर्षण बनेका थिए ।

समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की र खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले महोत्सवले सुस्त रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउन र पर्यटन प्रबद्र्धनमा मद्दत पुर्‍याएको बताए। आयोजक संस्थाका अध्यक्ष सचिन रोक्काले भैरहवामा स्थायी प्रदर्शनी मण्डप नहुँदा वर्षेनी अस्थायी संरचनामा ठूलो रकम खर्चनुपरेको गुनासो गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार