मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |

चरिकोटदेखि कुरीसम्म केवलबार संचालन गर्न आवश्यक

Ujyalosandeshonline 11511+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले दोलखा पर्यटक र लगानीको हिसाबले ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । मंगलबार काठमाडौंमा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको दोलखाको पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रममा उनले दोलखालाई पोखरा जस्तो पर्यटकीय क्षेत्र बनाउन सकिने भन्दै यसका लागि नीति निर्माता र पर्यटन व्यवसायीले ध्यान दिनुपर्ने बताए । 

उनले भने, ‘पोखरामा जस्तो खालको आकर्षण छ त्यस्तै आकर्षक दोलखामा देखेको छु । दोलखामा सबथोक पनि पर्यटनको व्यवस्था नभएको कारण चर्चामा नआएको कुरामा सबै नीति निर्माता, पर्यटन व्यवसायीले ध्यान दिनुपर्छ । प्राय पोखरा जाने पर्यटकलाई दोलखामा पनि ल्याउन सकिन्छ । केही स्थानमा सडकको समस्या भएर मात्र हो नत्र लगानीको ठूलो सम्भावना रहेको क्षेत्र हो ।’ 

जिल्लामा रहेका समस्याहरुलाई स्थानीय तहबाटै समाधान गर्ने दोलखाका संभावना र पर्यटकीय गन्तब्य बारे राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा गर्ने काम बोर्डले गर्ने बताए । उनले चरिकोटदेखि कुरीसम्मको केबलबार अत्यन्तै आवश्यक रहेको भन्दै यसबाट चरिकोट र भीमेश्वर पनि बढि चर्चामा आउने बताए । 

उनले भने, ‘अहिले सुकुटे बिच जाने, त्यसपछि कालिन्चोक पुगेर फर्किनेहरु धेरै छन् । कालिन्चोकसम्म जाने केबलकार जसरी राखिएको छ त्यसैगरी चरिकोटदेखि कुरीसम्मको केबलबार अत्यन्तै आवश्यक छ । यसो गर्न सकियो भने कालिन्चोकसम्म जाने पर्यटक बढ्छ । यसबाट चरिकोट र भिमेश्वर पनि बढि चर्चामा आउँछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार