मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

चरिकोटदेखि कुरीसम्म केवलबार संचालन गर्न आवश्यक

Ujyalosandeshonline 12614+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले दोलखा पर्यटक र लगानीको हिसाबले ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । मंगलबार काठमाडौंमा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको दोलखाको पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रममा उनले दोलखालाई पोखरा जस्तो पर्यटकीय क्षेत्र बनाउन सकिने भन्दै यसका लागि नीति निर्माता र पर्यटन व्यवसायीले ध्यान दिनुपर्ने बताए । 

उनले भने, ‘पोखरामा जस्तो खालको आकर्षण छ त्यस्तै आकर्षक दोलखामा देखेको छु । दोलखामा सबथोक पनि पर्यटनको व्यवस्था नभएको कारण चर्चामा नआएको कुरामा सबै नीति निर्माता, पर्यटन व्यवसायीले ध्यान दिनुपर्छ । प्राय पोखरा जाने पर्यटकलाई दोलखामा पनि ल्याउन सकिन्छ । केही स्थानमा सडकको समस्या भएर मात्र हो नत्र लगानीको ठूलो सम्भावना रहेको क्षेत्र हो ।’ 

जिल्लामा रहेका समस्याहरुलाई स्थानीय तहबाटै समाधान गर्ने दोलखाका संभावना र पर्यटकीय गन्तब्य बारे राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा गर्ने काम बोर्डले गर्ने बताए । उनले चरिकोटदेखि कुरीसम्मको केबलबार अत्यन्तै आवश्यक रहेको भन्दै यसबाट चरिकोट र भीमेश्वर पनि बढि चर्चामा आउने बताए । 

उनले भने, ‘अहिले सुकुटे बिच जाने, त्यसपछि कालिन्चोक पुगेर फर्किनेहरु धेरै छन् । कालिन्चोकसम्म जाने केबलकार जसरी राखिएको छ त्यसैगरी चरिकोटदेखि कुरीसम्मको केबलबार अत्यन्तै आवश्यक छ । यसो गर्न सकियो भने कालिन्चोकसम्म जाने पर्यटक बढ्छ । यसबाट चरिकोट र भिमेश्वर पनि बढि चर्चामा आउँछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार