मुख्य समाचार
मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य |

‘गैरआवासीय नेपालीलाई नागरिकता दिन थालेपछि देश आर्थिक संकटतर्फ’

Ujyalosandeshonline 12615+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नेपालीलाई नागरिकता दिएपछि मुलुकमा कति रेमिट्यान्स भित्रियो भन्दै प्रश्न गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद समेत रहेका अध्यक्ष साहले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिएपश्चात बाहिरिएको र भित्रिएको पुँजीको विवरण माग गरेका हुन् । 

उनले भने, ‘आज देशमा उद्योगधन्दाहरु बन्द भैइरहेका छन् । व्यापार भएको छैन्, तर मुठिभर मानिसहरु मालामाल छन् । खुलेआम देशको पैसा लुटेर विदेश पठाई रहेका छन् । विदेशी नागरिकता लिएका नागरिकहरु नेपालको सम्पत्ती खुलेआम लागि रहेका छन् जसको कारण देश आर्थिक संकटमा पर्दै गएको छ । यसलाई स्विकार गर्ने कि नगर्ने भन्ने प्रश्न छ ।’

सांसद साहले केही नेताहरुले माथिल्लो तहमा बसेर देशलाई बरबाद बनाउन खोजिरहेको बताए । देश आर्थिक संकटबाट बचाउने भन्दा पनि आर्थिक संकटलाई बलियो बनाउने दिशातर्फ लागेको उनको आरेप छ । 

उनले भने, ‘देशलाई आर्थिक संकटबाट बचाउने हो भने यस्ता भगौडाहरु जो माथिल्लो तहमा बस्ने र देशलाई लुटेर अवैद्ध ढङ्गले जसरी लगिरहेका छन् यसलाई प्राथमिकतामा राख्न सकिएन भने देशलाई आर्थिक संकटबाट बचाउन सकिदैँन् । हामीले देशलाई आर्थिक संकटबाट बचाउने भन्दा पनि आर्थिक संकटलाई बलियो बनाउने दिशातर्फ हामी गईरहेका छौ ।’ जनता भ्रष्टाचारबाट दिक्क भइसक्दा पनि सरकारले भ्रष्टाचार रोक्नको लागि कुनै पनि काम नगरेको उनको भनाइ छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार