मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

रुपन्देहीमा भन्सार छलीका सामान बरामद, १७ लाखभन्दा बढीको सामग्री नियन्त्रणमा

Ujyalosandeshonline 11506+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका विभिन्न युनिटहरूले गरेको विशेष चेकजाँचका क्रममा भन्सार छली गरी अवैध रूपमा पैठारी गरिएका करिब १७ लाख १७ हजार ३ सय रुपैयाँ बराबरको विभिन्न सामग्री नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरिएका सामग्री, सवारीसाधन र संलग्न व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नवलपरासी पालीनन्दन गाउँपालिका वडा नं. १ बस्ने ४८ वर्षीय घनश्याम अहिरले चलाएको लु १ च ४८०६ नम्बरको महिन्द्रा पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा ठूलो मात्रामा अवैध बिउ बरामद गरेको छ । उक्त गाडीबाट ३५ केजीका ६ बोरा पहेँलो तोरीको बिउ, ३५ केजीका २ बोरा कालो तोरीको बिउ, २० केजीको १ बोरा प्याजको बिउ र ३० केजीका २ बोरा मटरको बिउ फेला परेको हो। बरामद बिउ र पिकअप गाडीसहितको कुल मूल्य करिब १५ लाख १३ हजार ५ सय रुपैयाँ अनुमान गरिएको छ। यस सम्बन्धमा प्रहरीले अहिरलाई नियन्त्रणमा लिई बरामद सामग्री, गाडी र व्यक्तिसमेतलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाएको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बाइपास क्षेत्रबाट १ सय २४ थान 'डट एन्ड काई', १४ थान फेस सिरम र २१ थान सुट बरामद गरेको छ। यी सामग्रीको कुल मूल्य १ लाख ४५ हजार रुपैयाँ रहेको अनुमान गरिएको छ । बरामद गरिएका यी सामानहरूलाई भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।

उता, प्रहरी चौकी मैनिहवा रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका वडा नं. २ ईदगाहास्थितबाट अवैध कुखुरासहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ। लु १७ प ६७२६ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा २२ पिस बोइलर कुखुरा बरामद भएको हो। मोटरसाइकलसहित यसको कुल मूल्य ५८ हजार ८ सय रुपैयाँ अनुमान गरिएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । प्रहरीले अवैध चोरी पैठारी नियन्त्रणका लागि सक्रियता बढाएको र यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार