मुख्य समाचार
धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल | सुनसरीको देवानगञ्ज घटना: संयमता अपनाउन सरकारको अपिल | एमाले कमजोर हुँदा राष्ट्रियता र स्वाभिमानमा आँच आउँछ : सचिव विश्वकर्मा | लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा | पूर्वी जिल्लाको घटनाप्रति रास्वपाको ध्यानाकर्षण, शान्ति र सद्भाव कायम राख्न अपिल | मोरङमा डिजे प्रयोगमा पूर्ण रोक, उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने |

क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान

Ujyalosandeshonline 11839+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

भैरहवा । क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान गरिएको छ । नेपाली यू–१९ महिला टोलीकी सदस्य विश्वकर्मालाई नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा नगदसहित सम्मान गरेको हो ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निबासी विश्वकर्मालाई संघले ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले बताए । विश्वकर्मा सम्मलित नेपाली राष्ट्रिय महिला टिमले युएईमा सम्पन्न यू–१९ विश्वकप छनोट खेलमा जित निकाल्दै नेपाललाई विश्वकपमा पुर्याएको थियो ।

आगामी जनवरी महिनामा मलेशियामा हुने विश्वकपमा नेपालको यू–१९ टिम पनि खेल्ने छ । क्रिकेटर विश्वकर्मालाई सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल लगायतले सम्मान गरेका हुन् ।

उनीहरुले उत्कृष्ट प्रदर्शन गरेर नेपालको झण्ड फहराउन सफल भएको भन्दै विश्वकर्मालाई बधाई दिए । विश्वकपमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए । सम्मानित भएपछि विश्वकर्माले आफूले आफ्नो टिमको जितका लागि सधैं प्रयास गर्दै आएको र विश्वकपमा पनि अझ राम्रो गर्ने जनाइन् । यस्ता सम्मानले आफूलाई हौसला मिलेको क्रिकेटर विश्वकर्माको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार