मुख्य समाचार
नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन |

प्रदेश स्तरका सबै खेलाडीलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने : मुख्यमन्त्री

Ujyalosandeshonline 12465+ समाचार ( )
१२ असार २०८२, बिहीबार

जनकपुर । मधेश प्रदेशसका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश स्तरको मधेशका सम्पूर्ण खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशका खेलाडीहरुको प्रोत्साहनका लागि सम्पूर्ण प्रदेश स्तरका खेलाडीहरुलाई महिनावारी नभए वर्षमा एकैपटक जोडेर रकम उपलब्ध गराउने जानकारी दिए ।

मधेश प्रदेशले विगतमा भएको राष्ट्रिय स्तरको विभिन्न खेलहरुमा जित हासिल गरेर प्रदेशको नाम बढाएको स्मरण गराउँदै मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा खेलकुदको विकासका लागि प्रदेश सरकार सँधै तत्पर रहेको उल्लेख गरे ।

उनले मधेश प्रदेश सरकारको आयोजनामा आगामि दिनमा विभिन्न प्रदेश स्तरीय खेलहरु हुने र त्यसमा अन्य प्रदेशका खेलाडीहरु पनि सहिभागि हुने जानकारी दिए । मुख्यमन्त्री सिंहले युवा पुस्तालाई खेलकुदमा लागेर आफ्नो र आफ्नो प्रदेशको नाम उचाईमा लग्न आग्रह गरे ।

विहीबारदेखि सुरु भएको मुख्मन्त्री अन्तर प्रदेश कबड्डी प्रतियोगिता तीन दिनसम्म चल्ने जनाइएको छ । प्रतियोगिता मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भइरहेको छ । प्रतियोगितामा सातवटै प्रदेशका कबड्डी खेलाडीहरुले भाग लिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार