मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय

Ujyalosandeshonline 11005+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

धनगढी । सत्ता गठबन्धन दलको खटपट मिलाउन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले पुनः संविधानको धारा १६८ (२) अनुसारकै मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय दिएका छन् । 

यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले गरेको दाबी खारेज गर्दै प्रदेश प्रमुख मियाँले सत्ता गठबन्धनका शीर्ष नेताहरूले काठमाडौंमा गरेको सहमतिका आधारमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः संविधानको धारा १६८ (२) कै व्यवस्थालाई पछ्याएका हुन् । 

यसअघि सोही धारालाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान भएकोमा नागरिक उन्मुक्तिका दुई जना सांसदहरू लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्ला बेग्लै समर्थक जुटाएर दाबी पेश गरेका थिए । एउटै पार्टीबाट दुई जनाको दाबी परेको र त्यसमाथि पनि केन्द्रीय सत्ता गठबन्धनको प्रतिकूल हुने गरी गठबन्धन बन्दै गरेको अवस्थामा दुई दिनसम्म प्रदेश प्रमुख मियाँले अन्योलमा राखेर कुनै निर्णय गरेनन् । मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं सत्ता गठबन्धन दलभित्र छलफल गरेर एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन समझदारी गरेपछि प्रदेश प्रमुख मियाँले पहिलेका दाबी खारेज गरेर नयाँ आह्वान गरेका हुन् । 

मंगलबार साँझ आह्वान गरिएको पत्रमा मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार साँझ ५ बजेसम्मको समय दिइएको छ । अब सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनले बुधबार सोडारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ । 

‘गठबन्धनले हाम्रो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । त्यहीअनुसार दलहरूको समर्थन लिएर मुख्यमन्त्रीको लागि दाबी गर्दैछौँ,’ सोडारीले भने । 

एकीकृत समाजवादीका सोडारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद समेतको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुखले पुनः दाबी पेस गर्ने समय दिएपछि कांग्रेस र नागरिक उन्मुक्तिको एउटा पक्ष भने असन्तुष्ट बनेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार