मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

बेलहिया नाकामा विश्व पर्यटन दिवस भव्यताका साथ मनाइयो, विदेशी पर्यटक सम्मानित

Ujyalosandeshonline 12455+ समाचार ( )
११ अशोज २०८२, शनिबार

भैरहवा । शनिबार नेपाल-भारत सीमा नाका बेलहियामा ४४ औं विश्व पर्यटन दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरियो। नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशले आयोजना गरेको यस कार्यक्रममा नेपाल प्रवेश गर्ने पहिलो चारजना विदेशी पर्यटकलाई खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान गरियो।

बिहानैदेखि नेपाली राष्ट्रिय गीत बजाइएको बेलहिया प्रवेशद्वारमा नेपाल प्रवेश गर्ने पर्यटकहरूको अनुहारमा उल्लास छाइरहेको थियो। लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी र नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले अष्ट्रेलियाकी बारबरा डोरा, नेदरल्याण्डका मार्सल कैयवर तथा भारतीय पर्यटक डा. संजय सिंह र बिनोद मिश्रालाई सम्मान गर्नुभयो। अप्रत्याशित सम्मान पाउँदा विदेशी पर्यटकहरू निकै खुसी देखिन्थे र सम्पूर्ण नेपालीप्रति कृतज्ञता व्यक्त गरे।

अष्ट्रेलियाकी डोराले सीमा नाकामै गरिएको सम्मानले आफूलाई अत्यन्तै खुसी तुल्याएको र नेपाली तथा नेपालप्रतिको माया अझै बढेको बताउनुभयो। नेदरल्याण्डका कैयवरले नेपाल प्रवेश गर्नासाथ यस्तो भव्य स्वागत देख्दा आश्चर्यमा परेको र नेपालका गाउँठाउँमा झनै कति स्वागत र सम्मान होला भनी कौतुहलता जागेको उल्लेख गर्नुभयो। उहाँले नेपालीहरूको अतिथि सत्कार संसारकै उदाहरणीय रहेको पनि बताउनुभयो। भारतीय पर्यटक डा. सिंहले नेपालीहरूको व्यवहार र सम्मान संसारले सिक्नुपर्ने बताए। नाट्टा लुम्बिनी प्रदेशले सम्मानित पर्यटकहरूका लागि पहिलो गन्तव्यसम्मको एक दिनको यातायात व्यवस्था र एक रातको होटल खर्चको व्यवस्थापन पनि गरेको थियो।

कार्यक्रममा प्रमुख सचिव अधिकारीले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकको स्वागतमा सबैले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष थापाले पर्यटन व्यवसायी र सरकारी निकाय एकताबद्ध भई पर्यटकको सहजताका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो। बौद्ध भिक्षु सुमंगलोले नेपालको धार्मिक, ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाले विदेशीलाई आकर्षित गरिरहेको बेला सबै नेपालीहरू समता भावका साथ पर्यटन प्रबद्र्धनमा लागेमा देश विकास हुने बताउनुभयो।

पर्यटन व्यवसायी कृष्ण प्रसाद अधिकारी (सागर) ले गुणस्तरीय पर्यटकको नेपाल बसाई लम्बाउन सके मात्र नेपालको पर्यटन विकास हुने र सरकारले पर्यटनका लागि विशेष योजना, विशेष गरी भारतीय पर्यटक लक्षित योजना बनाउनुपर्नेमा जोड दिनुभयो।

बेलहिया नाकाबाट पर्यटक आवागमन : बेलहिया नाका स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि प्रमुख नाका हो। चालू अंग्रेजी वर्षको सेप्टेम्बर २५ तारिखसम्म बेलहिया नाका हुँदै ५८ देशका ६३ हजार ७ सय ९३ जना नेपाल प्रवेश गरेका छन्। अध्यागमन कार्यालय बेलहियाका अनुसार २०२५ को अगस्त महिनासम्ममा श्रीलंकाका १९ हजार ८ सय ३५ जना, थाइल्याण्डका १२ हजार ३ सय ४५ जना, म्यानमारका ९ हजार २ सय ७८ जना, भियतनामबाट ४ हजार १ सय ८८ र दक्षिण कोरियाबाट २ हजार २४ जना पर्यटक नेपाल भित्रिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार