मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

पूजा पाख्रिन बनिन् ‘मिसेस भोग नेपाल’

Ujyalosandeshonline 11009+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

काठमाडौं । हाउस अफ फेसनले काठमाडौंमा आयोजना गरेको ‘मिसेस भोग नेपाल’को उपाधि पूजा पाख्रिनले जितेकी छन् । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै ललितपुर हात्तीवनकी ३२ वर्षीया पाख्रिनले शीर्ष उपाधि जितेकी हुन् । उपाधिसँगै उनले पाँच लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाएकी छन् ।

यसबाहेक उनले कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीबाट एक वर्षको फेसन डिजाइनिङ कोर्ष गर्ने मौका पाएकी छन् । प्रतियोगितामा उनले विधागततर्फको ‘मिसेस भोग मोस्ट स्टाइलिस्ट’ र ‘मोस्ट फोटोजेनिक’को उपाधिसमेत जितिन् ।

प्रतियोगितामा विभा बस्नेतले ‘कमर्सियल एम्बासडर’, ‘पब्लिक च्वाइस अवार्ड’ र ‘मोस्ट पपुलर च्वाइस अवार्ड’, आकृति श्रेष्ठले ‘फस्र्ट रनर्स अप’को उपाधिसँगै ‘मोस्ट इन्टेलिजेन्ट’को अवार्ड पनि जितिन् ।

त्यस्तै मनिला लामिछानेले ‘सेकेण्ड रनर अप’ सँगै ‘मिसेस ग्लोइङ स्किन’ तथा ‘बेस्ट परफर्मेन्स’को अवार्ड जितिन् । प्रतियोगिताको उत्कृष्ट ७ मा मनिला लामिछाने, बिकिता सुवेदी, पूजा पाख्रिन, आकृति श्रेष्ठ, यादिना रजक, विभा बस्नेत तथा मेरिशा सुवाल पुगेका थिए ।

स्मिथ तामाङको कोरियोग्राफीमा भएको प्रतियोगितामा मेरिशा सुवालले ‘मिसेस बोल्ड एण्ड इलिगेन्स’, मिना परियारले ‘बेस्ट स्माइल’, यादिना रजकले ‘ब्युटी विद द पर्पस’, बिकिता सुवेदीले ‘मोस्ट डिसिप्लिन’, लक्ष्मी केसीले ‘मोस्ट इनर्जेटिक’, रश्मी महर्जनले ‘बेस्ट वाक’ तथा राधिका चौधरीले ‘बेस्ट पर्सनालिटी’को अवार्ड जिते ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार