मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

बर्खे भेल पसेर खेतीयोग्य जमिन बगरमा परिणत

मनु सुनार 39+ समाचार ( )
२६ असार २०८१, मङ्गलबार

गुल्मी । अविरल वर्षाले मानव वस्ती जोखिम र सडक अवरुद्ध गराउने मात्र होइन्, खेतीयोग्य जमिनमा बर्खे भेल पसेर खेतलाई बगरमा परिणत समेत गराएको छ । निरन्तरको वर्षाले खोलाहरुमा बाढी आउने गरेको छ । यसरी आउने बाढी खेतमा पसेर खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएपछि कृषकहरु मारमा परेका छन् ।

यसैको पछिल्लो उदाहरण गुल्मीको मालिका गाउँपालिकामा अवस्थित अर्जेबेसीफाँट बनेको छ । असार ०७ गते यताको अविरल बर्षाले उर्लिएको खोलाको बर्खे भेल पसेर अर्जै बेसिफाटको सयौं रोपनी खेत  बगरमा परिणत गरेको हो । मालिका  गाउँपालिका–०६ घमिर र अर्जैको  बीचमा  पर्ने कुमाल खोला  असार–०७ गते यताको अविरल बर्षाले उर्लिएर डायभर्ड भई अर्जैबेसी फाँटमा पसेर पुरै फाँट बगरमा परिणत गरिदिएपछि अर्जेका किसान घनश्याम पराजुलीले गुनासो गर्नुभयो ।

त्यहाँ भर्खर रोपेको  तीन  सय  मुरी  धान  फल्ने  खेत बगरमा परिणत भएपछि तीस घरधुरी भन्दा बढी किसानहरुले अहिलेसम्मकै ठुलो क्षति व्यहोरेका छन् । उनीहरुले आफुहरुको खेत पुरानै लयमा फर्काउन र क्षतिपूर्तिका लागि माग समेत गरेका छन् । पीडित कृषक पराजुलीले भन्नुभयो,–‘हामी तीस घरधुरी भन्दा बढी किसानको तीन सय मुरी भन्दा बढी धान फल्ने खेत बगरमा परिणत भएको छ । मेरो मात्रै पचास देखि ६० मुरीसम्म धान फल्ने खेतमा अहिले खोलोले उत्पात् मच्चाएको छ ।’ मध्यभागको कुलो व्यवस्थापन गर्न र कुमाल खोलाको तटबन्द व्यवस्थापन गर्न कसैले वास्ता नगर्दा ठुलो क्षति बेहोर्न परेको पराजुलीको गुनासो छ ।

पराजुलीसँगै स्थानीय हरि बहादुर कुमाल, भूपाल अर्याल, हिम बहादुर अर्याल, लगायतका दर्जनौं किसानहरुको खेतमा पानीको भल पसेर खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको हो । बुधबार क्षतिग्रस्त खेतमा जम्मा भई सञ्चारमाध्यममा आफ्नो पिडा सुनाउँदै पीडित कृषकहरुले भन्नुभयो,–‘खेतमा खोला बग्न थालेपछि यसलाई रोक्ने हाम्रो उपाय छैन् । स्थानीय सरकार र त्यो भन्दा माथिको सरकारले हाम्रो खेत पहिलाको जस्तै बनाउन पहल गरिदिओस् ।’

उमेरले ८० नाघेका त्यहाँका वृद्धाहरु भन्नुहुन्छ,–‘बाउबाजेको पाला देखि र हामी जान्ने भएदेखि यो फाँटमा बाढी पहिरोको पत्तो पाएनौं । अहिले यो बिजोग भोग्नु परेको छ ।’ मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याललाई यस विषयमा जानकारी गराउँदा तत्काल प्राविधिकको टोली पठाउने र प्रहरीलाई  मुचुल्का उठाउन लगाई स्थानीय सरकारबाट गर्न सकिने तत्कालिन कार्य गर्ने बताउनुभयो । अलि बढी नै क्षति भएको भए प्रदेश र संघ सरकारसँग सिफारिस सहित आवश्यक कार्यका लागि बजेट पार्न पहल गर्ने अध्यक्ष अर्यालको भनाई छ ।

जिल्लाका अन्य स्थानमा पनि बाढी पहिरोले क्षति पु¥र्याउँदै आएको छ । असार १४ गते रातिको अविरल वर्षाले सोही पालिकाको अर्जेका एकै परिवारका पाँच जनाको ज्यान लिने गरी पहिरोले घर बगाएको थियो । पहिरोमा ज्यान गुमाएका अर्जेका ५५ वर्षीय भेषबहादुर विकको परिवारलाई ११ लाख राहत प्रदान गरिएको थियो ।

सो परिवारलाई संघबाट आएको ६ लाख र प्रदेश सरकारबाट आएको पाँच लाख सहित कुल ११ लाख राहत रकम केही दिन गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले पीडित परिवारका सदस्यलाई हस्तान्तरण गर्नुभएको थियो । पहिरोमा घरमूली भेषबहादुर विक सहित श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी आठ वर्षीया सपना र आठ महिनाकी विपना विकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार