मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रेसुंगा क्याम्पसमा प्रथम वर्षमा निशुल्क भर्ना गरिने

मनु सुनार 31+ समाचार ( )
२७ श्रावण २०८१, आइतबार

गुल्मी । रेसुंगा नगरपालिकाले रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीको निःशुल्क भर्ना गरिदिने भएको छ ।

आइतबार कार्यापालिकाको बैठकपछि  जिल्ला स्थित उद्योगी, व्यवसायीहरूको समेत सहभागितामा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा क्याम्पसमा विद्यार्थीहरूको संख्या बढाउन यस पटक प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीहरूको निःशुल्क भर्ना गरिदिने निर्णय गरिएको जानकारी दिनुभयो ।

गुल्मीको समुन्नतिको ढोका खोल्न शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्नुपर्छ भन्ने ध्ययका साथ आफुहरूले काम गरिरहेको भन्दै पछिल्लो समयमा विभिन्न कारणले गर्दा रेसुंगा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको संख्या न्यून देखिएकाले नगरपालिकाले निःशुल्क भर्ना गर्न थालेको बताउनुभयो । 

पन्थी नगरपालिकामा निर्वाचित भएर आएसँगै रेसुंगा बहुमुखी क्याम्पसलाई अनुदान स्वरूप रू. एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको थियो । 

जसमा ५० हजार क्याम्पसलाई हस्तान्तरण गरिसकेको छ । भने बाँकी ५० हजार अबको एक महिनाभित्र अनुदान स्वरूप क्याम्पसलाई उपलब्ध गराउने बताउनुभयो ।

यस पटक नगरपालिकाले स्नातक तहहको प्रथम वर्षमा भर्ना हुने विद्यार्थीहरूलाई निशुल्क भर्ना गरिदिने बताउँदै ३०० विद्यार्थी भर्ना गर्न सकिन्छ भन्ने उदेश्य लिएको बताउनुभयो ।

विद्यार्थीहरूको संख्या वृद्धि भए क्याम्पसको अधिकांश समस्या समाधान भएर जाने समेत बताउनुभयो । आर्थिक अभावमा कोहि पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नपरोस भन्ने ध्ययका साथ यो कार्यक्रम अगाडि सारिएको नगरप्रमुख पन्थीको भनाइ छ।

रेसुंगा क्याम्पसमा बढि भन्दा बढि विद्यार्थी भर्ना गराउन तर्फ  सहयोगका लागि सबैलाई आग्रह समेत गर्नुभयो । 

क्याम्पस प्रमुख हरि बहादुर खत्रीले विद्यार्थी संख्याहरू क्रमिक रूपमा घट्दै भन्दै नगरपालिकाले गरेको सहयोगले नयाँ आशा थपिएको बताउनुभयो ।

सामुदायिक क्याम्पसहरूलाई राज्यतहबाट सहयोग गर्ने अवस्था नभएकाले पनि पहाडी क्षेत्रका क्याम्पस सञ्चालनमा समस्या भएको खत्रीको भनाइ छ ।

यस क्याम्पसमा स्नातकतह र स्नातकोत्तरका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार