मुख्य समाचार
बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म | लोमान्थाङमा यार्तुङ पर्वको रौनक | सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी | मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना |

तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव

Ujyalosandeshonline 12077+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवलोकन गर्न गएर हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि समस्या हल पनि गर्ने हो भन्दै प्रश्न गरेका छन् । 

उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको समस्या समाधानको नाममा धेरै अनुदान र सहयोगहरु पनि आएको बताउँदै त्यसलाई उपयोग गरेर समस्या हल गर्न सुझाए । त्यस्तै उनले राणाकालदेखि नै अहिलेसम्म पनि तराइका किसानहरुलाई पेल्ने गरिएको गुनासो गरे । 

उनले भने,‘राणाकालदेखि नै चलिआएको हो, तराईको किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् । राणाशासनदेखि नै यही चल्दै आएको छ । कहिले हुन्छ किसानको समस्या समाधान यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि, समस्या पनि हल गर्ने हो ? समस्या समाधानको नाममा धेरै अनुदान र सहयोहरु पनि आएको छ । तीनैलाई उपयोग गरे अहिलेको समस्या हल भइहाल्छ नि । त्यो राज्यले गर्नुपर्यो ।’ 

त्यस्तै उनले अहिलेको सरकार गैरजिम्मेवार भएको आरोप लगाए । किसानहरु सडकमा उत्रिदा त्यसको न्यायोचित समाधान खोज्नु सरकारको दायित्व भएको उनको भनाइ छ । ‘सरकार गैरजिम्मेवार छ । जिम्मेवार सरकारले किसानहरु, जनताहरु सडकमा उत्रिदा आफ्ना आवाजहरु राख्दा तुरुन्त ध्यान दिनुपर्छ । र त्यसको न्यायोचित समाधान खोज्नुपर्ने काम सरकारको हो र सरकारको दायित्व पनि हो,’उनले भने ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार