मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

वीरगन्जमा जेन–जीको प्रदर्शन, परिवर्तन ल्याएरै छाड्ने दावी

Ujyalosandeshonline 12611+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

वीरगन्ज । जेनजी पुस्ताले आज वीरगन्जको घण्टाघरमा भव्य प्रदर्शन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन् । करिब दुई सयको संख्यामा आएका प्रदर्शनकारीहरूले घण्टाघरबाट सुरुआत गरी नगरपरिक्रमा गरेका थिए र पुनः घण्टाघरमै पुगेर कोण सभा सम्पन्न गरेका हुन् ।

कोण सभामा वक्ताहरूले सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने, देशमा मौलाइरहेको भ्रष्टाचार अन्त्य गर्न राज्यले पहल गर्नुपर्ने र युवापुस्तालाई नेतृत्वमा अघि ल्याउनुपर्ने माग राखे ।  सहभागीहरूले आन्दोलन तबसम्म जारी रहने र परिवर्तन ल्याएरै शिथिल हुने चेतावनीसमेत दिएका थिए ।

आन्दोलनलाई लक्षित गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाको अवस्था अनुसार रणनीति परिमार्जन गर्ने तयारी भए पनि आन्दोलन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार