वीरगञ्ज (पर्सा)। वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज यहाँको वीरगञ्जस्थित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । स्थानीय व्यापारी समूहको आक्रमणबाट सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा पनि क्षति पुगेको छ । संयुक्त टोलीले भन्सार छली गरेर समान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो ।
सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाले संयुक्त टोलीले आज बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको रु सात लाख मूल्य बढीको कपडा बरामद भएको जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षत्रीले स्थानीय व्यापारी समूहको आक्रमणबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको बताउनुभयो । “भन्सार कार्यालय र सशस्त्र प्रहरीको टोलीमाथि स्थानीय व्यापारीले ढुङ्गामुडा हानेर अवरोध गर्न खोजेका थिए”, उहाँले भन्नुभयो, “स्थानीय व्यापारीले ढुङ्गा तथा लाठीको प्रयोग गरी सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परी सशस्त्र प्रहरीका सहायक निरीक्षकको एउटा मोबाइल स्थानीय व्यापारीले खोसेर लगेका छन् ।” गणपति क्षत्रीले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरुको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो ।
पछिल्लो समय पर्सामा राजस्व चुहावट तथा भन्सार छली भएको आशङ्कामा भन्सार तथा सशस्त्र प्रहरीले छापा मार्दा प्रहरीमाथि आक्रमण हुने गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले भन्सार तथा सशस्त्र प्रहरीले पूर्ण सूचनाका आधारमा छापा मारेको खण्डमा अहिले देखिएको समस्या हल गर्न सकिने बताउनुभयो । “सरकारी निकायलाई कोहीबाट गोप्य सूचना आएपछि पूर्ण रुपमा सूचनालाई पुष्ट्याइँ गर्ने आधार भएपछि मात्रै छापा मार्दा अहिले प्रहरी प्रशासनमाथि हुने गरेको आक्रमण हुँदैन्थ्यो,” उहाँले भन्नुभयो, “व्यापारीहरुले पनि राज्यका निकायले अनुगमन तथा निरीक्षण गर्न आउँदा र छानबिन गर्न खोज्दा ढुङ्गामुढा गरेर आक्रमण पनि गर्नुहुँदैन । राज्यका संयन्त्रलाई कमजोर बनाउने प्रयास पनि गर्नु हुँदैन ।”
सशस्त्र प्रहरी बलका अनुसार गोदामका सञ्चालक मदनप्रसाद गुप्ताले अबैध रुपमा वीरगञ्जबाट पोखरा पठाउन लागेको रु ७१ लाख बराबरको हार्डवेयरको सामान बोकेको ट्रक सशस्त्र प्रहरीले आइतबार माघ २५ गते नियन्त्रणमा लिएको थियो । ना ३ ख ५०५२ नम्बरको ट्रकमा भिसिटिएस बिल बिनाको सामान सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जले वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपराचोकबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि रातिनै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो ।
सोही आधारमा उनले सञ्चालन गरेको अबैध गोदाममा समेत भन्सार छलिको सामान रहेको सुचनाको आधारमा २६ गते बिहान छापा हानिएको हो । छापा मार्ने क्रममा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरीले रु १२ लाख ७२ हजार मूल्य बराबरको कुर्ता सुरुवाल बरामद गरी आबश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
Hello there Looking to improve your posture and live a healthier life? Our Medico Postura™ Body Posture Corrector is here to help! Experience instant posture improvement with Medico Postura™. This easy-to-use device can be worn anywhere, anytime – at home, work, or even while you sleep. Made from lightweight, breathable fabric, it ensures comfort all day long. Grab it today at a fantastic 60% OFF: https://medicopostura.com Plus, enjoy FREE shipping for today only! Don't miss out on this amazing deal. Get yours now and start transforming your posture! Cheers, Kandace