मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


कर्णालीको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान

Ujyalosandeshonline 11005+ समाचार ( )
५ मंगशिर २०८२, शुक्रबार

सुर्खेत । कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१÷८२ को बार्षिक प्रतिवेदनअनुसार कर्णालीको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चार दशमलव ७४ प्रतिशत हुने अनुमान गरिएको छ ।

राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान ४.१९ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ । आर्थिक वर्ष २०८०÷८१ मा यस्तो योगदान ४.२९ प्रतिशत रहने संशोधित अनुमान थियो ।यस वर्ष मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको योगदान क्रमशः ५.२४ प्रतिशत, ३.१३ प्रतिशत र ३.९८ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकले गरेको छ ।

यस वर्ष समयमै धान रोपाइँ भएको, अन्य बर्षे बालीको समयमा पनि मौसम अनुकुलता भएको, आन्तरिक पर्यटनको प्रवद्र्धन भएको, वित्तीय सेवा, वित्तीय पहुँच, डिजिटल भुक्तानी, शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार क्षेत्रमा क्रमश सुधार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ ।

रणनीतिक महत्वका सडकहरु विस्तार भइरहेको, विद्युत प्रसारण लाइन निर्माण, पर्यटन पूर्वाधारको निर्माण, भूकम्प पुनः निर्माणका कार्य, यातायात, पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि र खानेपानीसँग सम्बन्धित पूर्वाधारहरुको निर्माण भईरहेकोले आर्थिक वर्ष २०८२÷०८३ मा प्रदेशको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्नसक्ने राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णालीको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (आर्थिक वर्ष २०८१÷८२) अनुसार प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३१.५० प्रतिशत योगदान रहेको छ । कर्णालीमा उद्योग क्षेत्रको योगदान भने ज्यादै न्युन ९.५८ रहेको छ । सेवा क्षेत्रको ५८.९१ प्रतिशत योगदान छ ।

कर्णालीको अर्थतन्त्रमा योगदान गर्ने कृषि क्षेत्रको उत्पादन र क्षेत्रफल भने निरन्तर घट्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्ममा कर्णालीमा समग्र कृषि बालीले ढाकेको भू–क्षेत्र आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा ६.०८ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।

कर्णालीको कृषि क्षेत्रमा बैंक तथा वित्तिय संस्थाको लगानीसमेत न्यून छ । गतवर्ष बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ८.०२ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा ७.७० प्रतिशतले कम हो ।

त्यस्तै, यस वर्ष कर्णाली प्रदेशमा नमूना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत छ । बिजुलीका तार र केबल उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०.० प्रतिशत छ भने, गलैंचा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २३.०८ प्रतिशत छ । समीक्षा वर्षमा औद्योगिक कर्जा २०८० कोे तुलनामा १.९४ प्रतिशतले कमी आएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.५० प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको छ ।

सेवा क्षेत्र अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२मा कर्णाली भित्रिने पर्यटकको संख्या १.७२ प्रतिशतले वृद्धि भएको छ । भारत र चीनबाट भित्रिने पर्यटकको संख्या क्रमशः २३.८५ प्रतिशत र २५.७७ प्रतिशतले कमी आएको छ भने तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या ९.१३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार