मुख्य समाचार
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन | गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि स्पष्ट कार्यतालिका ल्याउन सांसद अग्रवालको माग | महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी | सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा | बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार | प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै | कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस | फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट | अर्घाखाँचीमा अवैध मदिरासहित बस र चालक नियन्त्रणमा | नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता |

सिद्धार्थनगर–९ मा उद्घोषण कला तथा माइन्युट लेखन सम्बन्धी ७ दिने तालिम सुरु

Ujyalosandeshonline 12373+ समाचार ( )
२६ वैशाख २०८३, शनिबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को आयोजनामा टोल विकास समितिका पदाधिकारी तथा टोलवासीहरूका लागि उद्घोषण कला तथा माइन्युट लेखन सम्बन्धी ७ दिने तालिम शनिबारदेखि सुरु भएको छ। वडाभित्र रहेका विभिन्न ७ वटा टोल सुधार समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

तालिम उद्घाटन कार्यक्रम वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष वसन्त भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले टोल विकास समितिका बैठक तथा कार्यक्रमहरूलाई व्यवस्थित बनाउन र नेतृत्व तहमा रहेका व्यक्तिहरूको आत्मविश्वास बढाउन यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

सात दिनसम्म सञ्चालन हुने तालिममा मुख्य प्रशिक्षकका रूपमा एलिना आचार्य र विजय पाण्डे रहनुभएको छ। तालिमका क्रममा सहभागीहरुलाई सार्वजनिक रुपमा निर्धक्क भएर बोल्ने कला, औपचारिक कार्यक्रम सञ्चालन गर्ने तरिका तथा बैठकका निर्णयहरुलाई कानुनी र प्राविधिक रूपमा सही ढंगले लिपिबद्ध गर्ने (माइन्युट लेखन) सम्बन्धी ज्ञान प्रदान गरिने जनाइएको छ।

कार्यक्रममा वडा सदस्य युवराज बरालले अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै वडाको विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण हुने र यस्ता सीपमूलक तालिमले संस्थागत सुशासन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो।

यस अवसरमा वडा सदस्य सविता हरिजनले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव अब्दुल रसिद पठानले गर्नुभएको थियो।

तालिममा वडा नम्बर ९ का विभिन्न ७ वटा टोल सुधार समितिका पदाधिकारी तथा सक्रिय सदस्यहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार