मुख्य समाचार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता | ‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’ | रेसुंगामा साउने मेलाको भेटी गणना सुरु | शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय | धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ |

भन्सार सम्बन्धी विधेयकमाथि छलफल, पारदर्शी प्रणाली अपनाउन सुझाव

Ujyalosandeshonline 12082+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

काठमाडौं । अर्थ समितिको बैठकमा ‘भन्सार सम्बन्धी कानुनलाई  संशोधन र एकिकरण  गर्न बनेको विधेयक, २०८०’ माथि सैद्धान्तिक  छलफल भएको छ । 

मंगलबार सिहंदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा अर्थमन्त्री विष्णु पौडेल र  पूर्व अर्थमन्त्रीहरुको उपस्थितिमा भन्सार सम्बन्धी काूननलाई  संशोधन र एकिकरण  गर्न बनेको विधेयक, २०८०’ माथि सैद्धान्तिक  छलफल गरिएको हो । 

बैठकमा अर्थमन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार प्रकृयालाई पारदर्शी विधेयक लाई  डिजिटलाईजेसन गर्ने लगायतका कुराहरु प्रस्तुत विधेयकमा समेटिएको जानकारी दिए । भन्सार प्रकृयालाई प्रकृयामा संलग्नहरुले गर्ने कामसमेत उल्लेख गरिएको उनको भनाई छ । 

उनले भने,‘भन्सार प्रकृयालाई पारदर्शी बनाउनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता व्यक्त ग¥यौं । त्यसको पक्ष भएर हस्ताक्षर ग¥यौं । पारदर्शी प्रणाली अपनाउनका लागि यसलाई डिजिटलाईजेसन गर्ने लगायतका कुराहरु प्रस्तुत विधेयकमा हामीले राखेको छौं । साथै यस्लाई अलिकित उत्तरदायी बनाउनका लागि भन्सार प्रकृयामा संलग्नहरुले गर्ने काम के– हुन्छन भनेर समेत उल्लेख गरिएको छ ।’ 

पूर्व अर्थमन्त्री प्रकाश शरण महतले भन्सार प्रकृयामा भएका समस्याहरुकसरी न्यून गर्न सकिन्छ भन्ने विषयमा प्राथमिकताकासाथ छलफल गर्नुपर्ने बताए । त्यस्तै उनले भन्सार प्रशासन प्रभावकारी पनि हुने,राजस्व पनि वृद्धि हुने र दुरुपयोग गर्न सक्ने चान्सलाई पनि कम गर्ने गरी काम गर्न आवश्यक रहेको बताए । 

उनले भने,‘भन्सार प्रकृयामा के समस्याहरु छन् । ती समस्याहरुलाई कसरी न्यून गर्न सकिन्छ । कसरी चुस्त दुरुस्त बनाउने कसरी अधिकारहरुलाई सिमित गर्न सकिन्छ । छिटो छरितो कसरी गर्न सकिन्छ ? जसको कारणबाट भन्सार प्रशासन प्रभावकारी पनि हुने राजस्व पनि वृद्धि हुने र उनीहरुले दुरुपयोग गर्न सक्ने चान्सलाई पनि कसरी कम गर्ने त्यसमा काम गर्नुपर्छ । 

उनले अहिलेको अन्तराष्ट्रिय जुन बद्लिदो परिवेश छ त्यही अनुसार विधेयकहरुको परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै अर्का पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले समतिमा आएका विधेयकहरुमा ढिलाई नगरी डबल सिफ्ट गरेर भएपनि छलफल गराएर अर्थसमितिको सामथ्र्यलाई पनि प्रमाणीत गर्न सुझाव दिए । 

उनले भने,‘समितिमा आएका विधेयकहरुमा ढिलाई नगरी डबल सिफ्ट गरेर भएपनि छलफल गराएर अर्थसमितिको सामथ्र्यलाई पनि प्रमाणीत गर्दै छिटो भन्दा छिटो रोकिएका विधेयकहरुलाई अर्थसमितिले पारित गरेर आउने संसदमा प्रस्तुत गर्न सकोस् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार