नेपाल र हङकङबीचको खेल आज

Ujyalosandeshonline 11142+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेल नेपाली समयअनुसार अपराह्न सवा चार बजेदेखि शुरु हुनेछ । 

शुक्रबार सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्ने छ । 

नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरबलाई ६ विकेटले हराउँदै सेमिफाइनल पुगेको थियो । यूएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हरायो । तर, ओमानसँग ९ विकेटको पराजय सामना गरेको युईले सेमिफाइनलमा नेपाललाई पराजित फाइनलमा पुग्यो । 

गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको नेपालले यो पटक समूह चरणकासबै खेल जितेर पनि सेमिफाइनलमा यूएईसँगै स्तब्ध बन्यो । शुक्रबार सेमिफाइनलको हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावनाको ढोका बन्द भएको छ । 

यस्तै, शुक्रबार राति खेलिएको अर्को सेमिफाइनलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै युएईसँगको भेट पक्का गरेको हो । आइतबार ओमान र यूएईबीच फाइनल खेल हुनेछ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार