मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा

Ujyalosandeshonline 11506+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु भएको छ । आज सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डा हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्ट र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले सेवाको सुभारम्भ गर्नुभएको हो । 

सचिव रेग्मीले सेवा सञ्चालनमा आएसँगै यहाँका जनताले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउने बताउनुभयो । “प्रदेश सरकारको उद्देश्यअनुसार सिटि स्क्यान सेवा थपिएपछि यहाँका जनताले विशेषज्ञ सेवा पाउने छन्”, उहाँले भन्नुभयो, “भविष्यमा पनि सरकारले थप विशेषज्ञ सेवा थप्दै जानेछ ।” अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भट्टले लामो प्रयासपछि अस्पतालमा सिटि स्क्यान सेवा थपिएको बताउनुभयो । उहाँले ६४ ‘स्लाइस’को सिटी स्क्यान थपिएको बताउनुभयो । 

अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससँग रु तीन करोड ८३ लाख ५५ हजार ५६० मा सम्झौता गरेको थियो । व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो ।  

विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो । पछि विसं २०४३ मा ५० श्ययामा स्तरोन्नतिसँगै अञ्चल अस्पताल (रेफरल सेन्टर) मा परिणत गरियो । सङ्घीयतापछि भने प्रादेशिक अस्पतालका रूपमा विशेषज्ञ सेवा दिन थालिएको छ । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार