मुख्य समाचार
आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी |

वन पैदावारहरु उद्योग व्यवसायसँग जोड्न आवश्यक

Ujyalosandeshonline 12545+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

काठमाडौं  । वन तथा वातावारणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनबाट उत्पादन भएका वन पैदावारहरु उद्योग व्यवसायसँग जोड्न आवश्यक रहेको बताएका छन् । 

बुधबार काठमाडौंमा अन्तार्राष्ट्रिय पर्वत दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नीजि क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रसोधन तथा बहुउपयोगी वस्तु र सेवाको उत्पादन गरी स्थानीय समुदायको आम्दानी एवम रोजगारीको स्रोत उत्पादन गर्नुपर्ने बताए । 

उनले भने,‘वनबाट उत्पादन भएका वनपैदावारहरु उद्योग व्यवसायसँग जोड्नुपर्ने बेला आएको छ । नीजि क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रसोधन तथा बहुउपयोगी वस्तु र सेवाको उत्पादन गरी मुल्य अभिवृद्धि मार्फत स्थानिय समुदायको आम्दानी र रोजगारीको श्रोत उत्पादन गर्नुपर्ने हुन्छ ।’  

उनले सामुदायिक वनमा नेपालले प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा गरेको योगदान अन्य मूलुकहरुको लागि प्रेरणाको स्रोत बनेको उनको भनाइ छ । 

उनले भने,‘सामुदायिक वनमा प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा हामीले देखाएको प्रतिवद्धता र गरेको योगदान आज अन्य मूलुकहरुको लागि प्रेरणाको स्रोत बनेको छ । देशको आर्थिक तथा सामाजिक अवस्थामा आएको परिवर्तनको कारण बसाईसराइले गर्दा वनमाथिको दृढता घट्दै गएकोछ ।’जैविक विविधता संरक्षण एवम जलवायु परिवर्तन र जलवायु उत्थानशिलतालाई एकीकृत गर्न नीतिहरुलाई समय समयमा पुर्नविचार गर्नुपर्ने उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार