मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

नवलपरासीको सुस्ताबाट अवैध हतियार बरामद, घरधनी फरार

Ujyalosandeshonline 11904+ समाचार ( )
२६ माघ २०८२, आइतबार

नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिका–५, बलिनगरबाट प्रहरीले अवैध हतियारसहित गोलीगठ्ठा बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको सुरक्षा निकायको संयुक्त टोलीले स्थानीय ४६ वर्षीय श्रीराम पटेल भनिने श्रीराम कुर्मीको घरबाट उक्त हतियार बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक शिव कुमार क्षेत्री, प्रहरी चौकी रामनगर र सशस्त्र प्रहरी बल (बीओपी) बलिनगरको संयुक्त टोलीले पटेलको घरलाई घेरा हाली खानतलासी गरेको थियो। सो क्रममा घरको माथिल्लो तलामा लुकाई छिपाई राखेको अवस्थामा १२ बोरको एक नाले बन्दुक १ थान, २ थान कार्टिज र १ थान खाली खोका फेला परेको छ।

साथै, प्रहरीले सोही स्थानबाट केही छर्रा र छर्रा बनाउन प्रयोग गरिने खाँचो समेत बरामद गरेको छ। अवैध हतियार फेला परे पनि घरधनी श्रीराम पटेल भने हाल फरार रहेका छन्। प्रहरीले फरार रहेका पटेलको खोजी कार्यलाई तीब्र पारिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार