मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

मधेस प्रदेशमा ३३ जना बिचौलिया पक्राउ

रासस 719+ समाचार ( )
२४ चैत्र २०८२, मङ्गलबार

जनकपुरधाम । मधेस प्रदेशमा ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी कार्यालयहरूमा सक्रिय रहेको बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मधेस प्रहरी कार्यालयबाट आज जारी विज्ञप्तिमा पर्साको वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट चार जना, मालपोत कार्यालयबाट तीन जना, रौतहटको गौरस्थित मालपोत कार्यालयबाट पाँच जना, चन्द्रपुर मालपोत कार्यालयबाट दुई जना, सर्लाहीको मलङ्गवा ट्रायल सेन्टरबाट दुई जना, मलङ्गवा मालपोत कार्यालयबाट नौ जना, धनुषाका विभिन्न सरकारी कार्यालयबाट चार जना र सप्तरीका विभिन्न कार्यालयबाट चार जना गरी कुल ३३ जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ ।

पक्राउ पर्ने व्यक्तिहरूले सर्वसाधारणलाई छिटो सेवा दिलाइदिने बहानामा अतिरिक्त रकम असुल्ने, गलत सूचना दिने तथा सेवा प्रवाहमा अनियमितता ल्याउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अन्य संलग्न व्यक्तिहरूको खोजी तथा नियन्त्रण प्रक्रिया जारी राखेको जनाएको छ ।

आम नागरिकलाई सरकारी सेवा लिँदा कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गर्दै यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन अपिल गरेको छ । कार्यालयले यस्ता गैरकानुनी कार्यमा संलग्न जो कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सहायक प्रवक्ता मानबहादुर राईले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार