मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

प्रधानमन्त्री कप क्रिकेट :
कसले कति जित्यो पुरस्कार ?

Ujyalosandeshonline 12614+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

भैरहवा ।  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोश्रो पटक नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भैरहवामा भएको फाईनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउदै उपाधि जितेको हो । यस संगै पुलिसले नगद १० लाख लाख सहित आकर्षक ट्राफि हात पारेको छ । 

उपविजेतामा सिमित त्रिभुवन आर्मी क्लबले भने नगद ५ लाख सहित रनरअप ट्राफि पाएको नेपाल क्रिकेट संघको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए । 

यस बाहेक अन्य थुप्रैले पनि विभिन्न पुरस्कारहरु जितेका छन् । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेले नगद ५ हजार रुपैया पाएको थियो भने प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान गण्डकी प्रदेशका अर्जुन कुमाल घोषित भए । उनले ९ खेलमा ३७४ रन बनाए । सो क्रममा उहाँले एक शतक सहित ४२ वटा चौका र २ वटा छक्का प्रहार गरेका थिए । उत्कृष्ट ब्याट्सम्यानको रुपमा उनले बजाजको एनएस २०० मोडेलको मोटरसाइकल र मेडल प्राप्त गरे । 

नेपाल पुलिस क्लबका बलर ललित नारायण राजबंशीले बजाजको दुई वटा एनएस २०० मोडेलको मोटरसाइकल प्राप्त गरेका छन् । उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा घोषित राजबंशीलाई दुई वटा मोटरसाईकल प्रदान गरिएको चन्दले जानकारी दिए । राजबंशीले फाईनल सहित गरि १० खेलमो ४१ विकेट लिएका थिए । 

यस्तै उदियमान खेलाडीको रुपमा नेपाल आर्मीका तिर्थराज दास घोषित हुनुभयो । उहाले ५० हजार नगद सहित क्रिकेट कीट प्राप्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार