मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन

Ujyalosandeshonline 12614+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई २४ घण्टाभित्र चाबी बोकेर काठमाडौंको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका हुन् ।

‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी रहँदा कतिपय विद्यालय कर्मचारी विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर आएको छ,’परिषद्ले जारी गरेको परिपत्रमा भनिएको छ, ‘२४ घण्टाभित्र विद्यालयको चाबी लिएर अनिवार्यरूपमा काठमाडौंको आन्दोलनमा सहभागी हुन अनुरोध गरिन्छ ।’

विद्यालय शिक्षा ऐनको मागसहित शिक्षकहरू २२ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । सरकारले कक्षा १२ को परीक्षा शिक्षक नखटाइ निजामती कर्मचारीमार्फत सञ्चालन गर्ने तयारी गरेपछि आन्दोलनकारी शिक्षक र विद्यालय कर्मचारी झन् आक्रोशित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार