मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

रुपन्देही क्षेत्र नं. ५ अपडेट: फराकिलो मतान्तरसहित 'घण्टी'का तौफिक अहमद खानको अग्रता

Ujyalosandeshonline 12614+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को ताजा मत परिणाम सार्वजनिक भएको छ। हालसम्म कुल ३० हजार २ सय ७४ मत गणना हुँदा घण्टी चुनाव चिह्नका उम्मेदवार तौफिक अहमद खानले अन्य प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो अपडेट अनुसार अग्रस्थानमा रहेका तौफिक अहमद खानले १४ हजार ६ सय ५३ मत प्राप्त गरेका छन् । उनलाई सूर्य चुनाव चिह्नका उम्मेदवार खिमलाल भट्टराईले पछ्याइरहेका छन् । यद्यपि, भट्टराईले हालसम्म ४ हजार ९ सय २८ मत मात्र प्राप्त गरेका छन्, जुन अग्रस्थानमा रहेका खानको भन्दा निकै कम हो ।

त्यसैगरी, रुख चुनाव चिह्न लिएर चुनावी मैदानमा रहेका भरत कुमार शाह ४ हजार ६ सय ८ मतसहित तेस्रो स्थानमा रहेका छन्। दोस्रो स्थानमा रहेका खिमलाल र तेस्रो स्थानका भरतबीचको मतान्तर भने निकै झिनो देखिएको छ। उता, तारा चुनाव चिह्नका उम्मेदवार मोहम्मद वकील मुसलमानले हालसम्म २ हजार ३ सय १४ मत प्राप्त गरेका छन् । प्रमुख दलका उम्मेदवारहरूलाई भारी मतान्तरले पछि पार्दै घण्टीका उम्मेदवारले लिएको यो अग्रतालाई निकै चासोका साथ हेरिएको छ। यस क्षेत्रमा बाँकी मतको गणना कार्य अहिले निरन्तर चलिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार